२०८३ कार्तिक १२ || 28 Oct 2026, Wednesday

धानबालीसमेत बगाएर खेतलाई बगरमा परिणत

बाजुराको वीरेखोला झरनामा भीषण बाढी आउँदा २३ परिवार विस्थापित

बाढीले ४१ परिवार प्रभावित , बाढीले एक माछा पोखरी, दुई वटा पानी घट्ट र वीरेखोला झरनाको टिकट काउन्टरमा क्षति : कार्यवाहक वडाध्यक्ष परे बडुवाल
बाजुराको वीरेखोला झरनामा भीषण बाढी आउँदा २३ परिवार विस्थापित

भाद्र २० गते २०८३

शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै बाजुराको वीरेखोला झरनामा भीषण बाढी आउँदा २३ परिवार विस्थापित भएका प्रहरीले जनाएको   छ ।

बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–६ र ८ को सीमामा पर्ने वीरेखोला झरनामाथि पहिरोले खोला थुनिएर बनेको ताल फुटेपछि बाढी आएको स्थानीय लालसिंह साउँदले बताउनु भयो ।

साउदले बाढीले मानवीय क्षति तथा घरमा प्रत्यक्ष क्षति नगरे पनि गाउँको बीचबाटै ठूलो बाढी आएपछि २३ परिवार विस्थापित हुनु परेको बताउनु भयो । उहाँले बाढीको कारण थप १८ परिवारसमेत जोखिममा रहेको बताउनु भयो ।

बडीमालिका नगरपालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडुवालले बाढीले ४१ परिवार प्रभावित रहेको र बाढीले एक माछा पोखरी, दुई वटा पानी घट्ट र वीरेखोला झरनाको टिकट काउन्टरमा क्षति पुर्‍याएको जानकारी दिनुभयो ।

उहाँले किसानको धानबालीसमेत बगाएर खेतलाई बगरमा परिणत गरेको बताउनु भयो ।
बाढीपछि बिस्थापित २३ परिवारलाई सुरक्षित स्थानका सारिएको कार्यवाहक वडाध्यक्ष बडुवालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस