२०८३ कार्तिक १२ || 28 Oct 2026, Wednesday

पहिरोका कारण दुई–चार घरमा पूर्णरुपमा क्षति

साँफे–मार्तडी सडक अवरुद्ध

अहिले जिल्लामा आउने सबै सवारी साधन तिपाडा जडाङ्गामा राप्का लगायतका विभिन्न ठाउँमा रोकिएको छ : प्रहरी निरीक्षक गगनसिह भाट
साँफे–मार्तडी सडक अवरुद्ध

भाद्र २१ गते २०८३

साँफे –जिल्ला प्रहरी कार्यालय बाजुराले मार्तडी सडक खण्डअन्तर्गत पर्ने राप्का सेलाघाट, सुवाखाँद पावरहाउस र कारागार मुनीको सडकको बिच–बिचमा ठुलो पहिरो गएपछि अहिले जिल्लामा आउने सबै सवारी साधन तिपाडा जडाङ्गामा राप्का लगायतका विभिन्न ठाउँमा रोकिएको जनाएको छ ।

पहिरोले मानवीय क्षति नभए पनि यहाँ भौतिक रुपमा भने ठुलो क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिह भाटले बताउनभुयो ।

उहाँले भन्नुभयो, “पहिरोका कारण अहिले यहाँ दुई–चार घरमा पूर्णरुपमा क्षति भएको छ ।”

अहिले प्रहरी टोली घटनास्थलमा गएको छ । प्रहरी निरीक्षक गगनसिह भाटले पहिरोको कारण कहाँ के क्षति भएको भन्ने कुरा त्यहाँ पुगेपछि मात्र जानकारी हुने बताउनभुयो ।

 

प्रतिक्रिया दिनुहोस