२०८३ आश्विन २९ || 15 Oct 2026, Thursday

आर्थिक तथा प्रशासनिक अधिकारसमेत प्रयोग गर्ने जिम्मेवारी

आर्थिक मामिला तथा योजना मन्त्रालयको निमित्त प्रदेश सचिवको जिम्मेवारी उपसचिव नारायण प्रसाद पौडेललाई : लुम्बिनी प्रदेश सरकार

गुल्मी अस्पताल, तम्घासमा कार्यरत ११औँ तहका प्रमुख कन्सल्टेन्ट मेडिकल जनरललिष्ट डा. पदमराज अधिकारीको स्वेच्छिक राजीनामा स्वीकृत
आर्थिक मामिला तथा योजना मन्त्रालयको निमित्त प्रदेश सचिवको जिम्मेवारी उपसचिव नारायण प्रसाद पौडेललाई : लुम्बिनी प्रदेश सरकार

असोज २१ गते २०८३ / पुजन बिश्वकर्मा
दाङ – लुम्बिनी प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयको निमित्त प्रदेश सचिवको जिम्मेवारी उपसचिव नारायण प्रसाद पौडेललाई दिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयका वरिष्ठतम कर्मचारी पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रदेश सचिव भई कामकाज गर्न तोक्ने निर्णय गरेको हो ।

पौडेललाई आर्थिक तथा प्रशासनिक अधिकारसमेत प्रयोग गर्ने जिम्मेवारी दिइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद बास्तोला संघीय मन्त्रालयको पत्रअनुसार अर्थ मन्त्रालयमा सरुवा भएपछि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव पद रिक्त भएको थियो ।

सोही रिक्त पदमा तत्कालका लागि मन्त्रालयकै वरिष्ठतम उपसचिव पौडेललाई निमित्त सचिवको जिम्मेवारी दिने निर्णय भएको भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले जानकारीदिनुभयो । मन्त्रिपरिषद् बैठकले गुल्मी अस्पताल, तम्घासमा कार्यरत ११औँ तहका प्रमुख कन्सल्टेन्ट मेडिकल जनरललिष्ट डा. पदमराज अधिकारीको स्वेच्छिक राजीनामा पनि स्वीकृत गरेको छ ।

व्यक्तिगत घरायसी कारणले नियमित रूपमा कार्यालयमा उपस्थित भई कामकाज गर्न असमर्थ भएको जनाउँदै डा.अधिकारीले २०८३ भदौ १५ गतेदेखि लागू हुने गरी स्वेच्छिक राजीनामा स्वीकृत गर्न निवेदन दिनुभएको थियो ।
प्रदेश निजामती सेवा नियमावली, २०८० को नियम १३९ को उपनियम (३) बमोजिम उहाँको राजीनामा स्वीकृत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
À l'arrivée de l'automne, les cafés revisitent leurs recettes avec des produits chaleureux. Ces idées méritent d'être étudiées plus en détail. salade fraîche de betterave au poulet Quand le four dore On conseille souvent des morceaux bien nets On l'oublie souvent, un bon plat ne demande pas forcément des heures en cuisine. Quelques ingrédients frais, une cuisson précise et une touche personnelle suffisent pour régaler les convives.