२०८३ कार्तिक ५ || 21 Oct 2026, Wednesday

युवाहरु माझ उर्जा थप्न  प्रेरित

बैजनाथमा ठुलो राशीको फुटबल प्रतियोगिता हुने

सन लाईन यूवा क्लब र वडा स्तरिय यूवा सञ्जाल सयूक्त रुपमा
बैजनाथमा ठुलो राशीको फुटबल प्रतियोगिता हुने

बैजनाथ गाउँपालिकामा ठुलो राशी फुटबल प्रतियोगिता हुने भएको छ । प्रथम भगवती कप खुल्ला फुटबल प्रतियोगिता आयोजना सहित ठुलो राशी फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा प्रथम पुरस्कार ७५ हजार ५ सय ५५ र दोस्रो ४५, हजार ५ सय ५५ राशीको रहेको छ । बैजनाथ गाउँपालिकामा हुने ठुलो राशी प्रतियोगितामा पहिलो रहेको कार्यपालिका सदस्य मेघ बहादुर सुनारले बताए । प्रतियोगिता नकआउट सिस्टम खेलाईने छ ।सन लाईन यूवा क्लब र वडा स्तरिय यूवा सञ्जाल सयूक्त रुपमा बिहिवार गरेको पत्रकार सम्मेलनमा सन लाईन यूवा क्लब बैजनाथ ८ बाँकेका अध्यक्ष नरेन्द्र के.सीले प्रतियोगितामा २० टिम खेलाडी सहभागी हुने बताए । चैत्र २८ गते बाट शुरु हुने प्रतियोगिता ७ वैशाखमा सम्पन्न हुने छ । प्रतियोगिताले युवाहरु माझ उर्जा थप्न  प्रेरित गर्ने वडा का सदस्य धिरेन्द्र सिंह ठकुरीले बताए । खेल अभियानमा मैत्री पुर्ण फुटबल प्रतियोगिताका आयोजना गरिएको
छ ।  प्रतियोगिताका मुख्य प्रयोजक सुनिल राइस मिलका प्रो. जित बहादुर खत्रीले खेलकुदमा यूवा विकासमा टेवा पुगोस् भन्ने उदेश्यले सहयोग गरेको बताए । भव्य र सभ्य अनुशासित ढंगबाट प्रतियोगिता सम्मपन्न गर्न वडा स्तरिय यूवा सञ्जाल बैजनाथ ८ बाँकेका अध्यक्ष जनक वि.सी सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस