२०८३ कार्तिक २ || 18 Oct 2026, Sunday

शक्तिस्वरूपा दुर्गा भवानीले सबैलाई सत्य, न्याय, शान्ति र प्रगतिको बाटोमा अघि बढ्ने प्रेरणा प्रदान गरून्

वडादशैंले नेपालीबीच आपसी सद्भाव, राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

रोजगारी सिर्जना र समावेशी विकासमार्फत नागरिकको जीवनस्तर सुधार गर्नु प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री चेतनारायण आचार्य
वडादशैंले नेपालीबीच आपसी सद्भाव, राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

असोज ३१ गते २०८३/ स्नेहा बिश्वकर्मा

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

वडादशैं–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले चाडपर्वहरू विविध जातजाति, भाषा, धर्म र संस्कृतिलाई जोड्ने साझा आधार भएको उल्लेख गर्नुभएको छ । यस्ता पर्वले नेपाली पहिचानलाई बलियो बनाउनुका साथै मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको उहाँको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले विविधताबीचको एकतालाई अझ सुदृढ बनाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै दशैंले नेपालीबीच सद्भाव र सहकार्यको भावना थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले वडादशैंले विपद्को सामना गर्ने शक्ति, विकासप्रतिको साझा प्रतिबद्धता र समृद्ध प्रदेश निर्माण गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

साथै, शक्तिस्वरूपा दुर्गा भवानीले सबैलाई सत्य, न्याय, शान्ति र प्रगतिको बाटोमा अघि बढ्ने प्रेरणा प्रदान गरून् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण बाढी, पहिरो र डुबानजस्ता विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै विकासका योजना निर्माण गर्दा विपद् पूर्वतयारी, जलवायु परिवर्तनको असर न्यूनीकरण र वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

त्यस्तै, संघीय लोकतान्त्रिक व्यवस्थालाई प्रभावकारी बनाउन संविधानको पूर्ण कार्यान्वयन, प्रदेश तथा स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने र तीन तहका सरकारबीच समन्वय बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

सुशासन, गुणस्तरीय सेवाप्रवाह, रोजगारी सिर्जना र समावेशी विकासमार्फत नागरिकको जीवनस्तर सुधार गर्नु प्रदेश सरकारको प्राथमिकता रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस