२०८३ कार्तिक ५ || 21 Oct 2026, Wednesday

नयाँ खेलाडीले प्रतिष्पर्धा गर्नुनै सौभाग्य

आठौँ राष्ट्रिय खेलकुद : नेपाल आर्मी र गण्डकी प्रदेश वीचको खेल बराबरी

प्रतियोगितामा सहभागी सबै खेलाडी नयाँ भएको खेलाडीले सोँचेभन्दा राम्रो प्रदर्शन
आठौँ राष्ट्रिय खेलकुद : नेपाल आर्मी र गण्डकी प्रदेश वीचको खेल बराबरी

आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत नेपालगन्जमा बुधबार विहान भएको पुरुष हक्की प्रतियोगितामा प्रदेश नं. ३ का विरुद्ध प्रदेश नं. २ ले पाँच गोल गरेको छ । खेल अवधिभर प्रदेश नं. ३ लाई दवावमा राखेको २ नं. प्रदेशका खेलाडी मनोज शाहले २४ औँ मिनेटमा पहिलो गोल गरे ।  खेलको ३८ औँ मिनेटमा २ नं. प्रदेशका गोविन्द अधिकारीले दोस्रो गोल गरे । भने, खेलको ५२ औँ र ५४ औँ मिनेटमा २ नं. प्रदेशका क्याप्टेन हरविन्द्र सिंहले दुई गोल गरे । आक्रामक रुपमा मैदानमा उत्रिएको २ नं. प्रदेशका खेलाडीले बललाई आफ्नो कोर्टतर्फ आउन दिएनन् ।  निरन्तर दवावमा राख्दै २ नं. प्रदेशका खेलाडी गोविन्द अधिकारीले ५६ औँ मिनेटमा अर्को गोल गरि आफ्नो टिमलाई अग्रता दिलाए । प्रतियोगितामा २ नं. प्रदेशले ६ पेनाल्टी कर्नर पाउँदा ३ नं. प्रदेशले एउटा मात्र पेनाल्टी कर्नर पाएको हक्की खेलका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन प्रदेश नं. ३ का खेलाडीले कुनै गोल गर्न नसकेपनि खेलाडीको प्रदर्शन एकदमै राम्रो भएको प्रशिक्षक आश्विनी अधिकारीले बताए । उनले २ नं. प्रदेशका पूराना र अनुभवी खेलाडीसँग ३ नं. प्रदेशका नयाँ खेलाडीले प्रतिष्पर्धा गर्नुनै सौभाग्य भएको बताए । उनले प्रतियोगितामा सहभागी सबै खेलाडी नयाँ भएको बताउँदै खेलाडीले सोँचेभन्दा राम्रो प्रदर्शन गरेको बताए । ‘खेलाडीको प्रदर्शन माथि खोट लगाउने ठाउँ छैन । नयाँ ठाउँ र पहिलो खेल भएकोले खेलाडी नर्भस भएको जस्तो लाग्यो । खेलाडीको प्रदर्शनबाट म एकदमै सन्तुष्ट छु,’ उनले भने ।

नेपाल आर्मी र गण्डकी प्रदेश वीचको खेल बराबरीनेपाल आर्मी र गण्डकी प्रदेश वीच भएको उद्घाटन खेल बराबरीमा टुंगिएको छ । सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दवावमा राखे पनि कुनै गोल गर्न सकेन । दुवै टिमले गोल गर्न नसकेपछि अंक बाँडिएको छ ।  आर्मीले ११ पेनाल्टी कर्नर पाए पनि गोल गर्न नसकेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए । गण्डकी प्रदेशले एउटा पनि पेनाल्टी कर्नरको अवसर पाएन । ‘आर्मीले गण्डकीलाई खेल अवधिभर दवावमा राखेपनि गोल गर्न सकेन,’ उनले भने ।  बेलुकी ५ र १ नं. प्रदेश वीच खेल हुने पहिलो दिनको तेस्रो खेल विहीवार बेलुकी ४ बजेदेखि हुने भएको छ । तेस्रो खेल प्रदेश नं. ५ र प्रदेश नं. १ वीच हुने आयोजकले जनाएको छ । नेपालगन्जस्थित मंगलप्रसाद माविमा हुने खेल रामोञ्चक हुने मुख्य प्रशिक्षक पिन्टुले बताए ।  यसैवीच, २८ चैत (विहीवार) पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिस, दोस्रो खेल नेपाल आर्मी र प्रदेश नं. २ तथा तेस्रो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश वीच हुने शर्माले जानकारी दिए । उनले २९ चैतमा गण्डकी प्रदेश र २ नं. प्रदेश बीच हुने भएको छ भने दोस्रो खेल नेपाल पुलिस र ३ नं. प्रदेश बीच प्रतिष्पर्धा हुने छ । त्यसैगरी, तेस्रो खेल ५ नं. प्रदेश र कर्णाली प्रदेश बीच खेल हुने भएको छ ।  ४ बैशाखसम्म संचालन हुने प्रतियोगितामा ३० चैतमा प्रदेश नं. ५ र सुदूरपश्चिम प्रदेश, प्रदेश नं. १ र कर्णाली प्रदेश बीच दोस्रो र नेपाल आर्मी र प्रदेश नं. ३ वीच हुने भएको छ । त्यसैगरी, १ बैशाखमा पहिलो खेल नेपाल आर्मी र नेपाल पुलिस वीच हुने छ । भने, दोस्रो खेल गण्डकी प्रदेश र ३ नं. प्रदेश वीच तथा तेस्रो खेल १ नं. प्रदेश र सुदूरपश्चिम प्रदेश वीच हुने पनि शर्माले जानकारी दिए ।  २ बैशाखमा एउटा खेल मात्र हुने बताउँदै उनले उक्त दिन २ नं. प्रदेश र नेपाल पुलिस वीच हुने जानकारी दिए । ३ बैशाख देखि सेमीफाइनलका खेल हुने भएको छ । भने ४ बैशाखमा फाइनल खेल हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस