२०८३ कार्तिक ५ || 21 Oct 2026, Wednesday

एक दिवसिय विश्वकप

विश्वकप खेल्ने दक्षिण अफ्रिकी टोली घोषणा, को–को परे ?

यस अघि भारत, इंग्ल्याण्ड, बंगलादेश, श्रीलंका, न्युजिल्याण्ड, बंगलादेश र अष्ट्र्लियाले आ–आफ्ना टिम घोषणा गरेका छन्
विश्वकप खेल्ने दक्षिण अफ्रिकी टोली घोषणा, को–को परे ?

विश्वकप खेल्ने दक्षिण अफ्रिकी टोली घोषणा भएको छ। आगामी मे ३० देखि जुलाई १४ सम्म इंग्ल्याण्ड र वेल्समा संयुक्तरूपमा आयोजना हुने एक दिवसिय विश्वकपका लागि दक्षिण अफ्रिकाले आफ्नो टोली घोषणा गरेको हो। बिहीबार फाफ डु प्लेसीको कप्तानीमा दक्षिण अफ्रिकाले १५ सदस्य टोली घोषणा गरेको हो। विश्वकपमा पहिलो दिन मे ३० मा घरेलु टोली इंग्ल्याण्डसँग दक्षिण अफ्रिकाले खेल्नेछ। यस अघि भारत, इंग्ल्याण्ड, बंगलादेश, श्रीलंका, न्युजिल्याण्ड, बंगलादेश र अष्ट्र्लियाले आ–आफ्ना टिम घोषणा गरेका छन्।

को को छन् टोलीमा?

फाफ डु प्लेसी, हसिम अमला, क्विन्टन डी कक, जेपी ड्युमिनी ,एडेन मार्कराम ,डेविड मिलर ,लुन्गी निडी, एनरिच नोर्टज ,एन्डिले फेहलुकवेओ, ड्वेन प्रिटोरियस ,कागिसो रवाडा, तबरेज शम्सी, इमरान ताहिर, डेल स्टेन ,रस्सि भान डर दुसेनले दक्षिण अफ्रिकी का लागि एक दिवसिय विश्वकप खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस