२०८३ कार्तिक ५ || 21 Oct 2026, Wednesday

नेपाल ४ अंकसहित तालिकाको शीर्ष स्थानमा

नेपाल, थाइल्याण्डमा जारी १६ वर्ष मुनिको एसिसी पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको मलेसिया ३३ दशमलब २ ओभरमा १ सय २ रनमा समेटियो
नेपाल, थाइल्याण्डमा जारी १६ वर्ष मुनिको एसिसी पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

नेपाल, थाइल्याण्डमा जारी १६ वर्ष मुनिको एसिसी पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा साबिक विजेता नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको हो। नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको मलेसिया ३३ दशमलब २ ओभरमा १ सय २ रनमा समेटियो। उसका लागि सर्भिन सुरेन्द्रनले नटआउट ४६ रनको योगदान गरेपनि टिमलाई जित दिलाउन सकेनन्। अहमद अस्यारफले १७ र किसनकुमारले ११ रन बनाउनुबाहेक उसका कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। नेपालका प्रशान्त महत, रमेश कुर्मी र तिलकराज भण्डारीले समान २र२ विकेट लिए भने प्रशान्त सिंह र निखिल कुमार सिंहले एक एक विकेट खसाले। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३४.५ ओभरमा अलआउट हुँदै १ सय ४१ रन बनाएको थियो। नेपालका आशिस भट्टराईले सर्वाधिक ३४ रन बनाए। यस्तै विशाल विक्रम केसी २८, दीपक बोहरा र अर्जुन कुमालले समान १६र१६ रन जोडे। समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। समूह ए मा रहेको म्यानमार सबै ३ खेल हारेर बाहिरिसकेको र थाइल्याण्डले २ खेलमध्ये एक खेल मात्रै जितेकाले नेपाल समूह विजेता बन्ने पक्का भएको छ। नेपाल ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

प्रतिक्रिया दिनुहोस