२०८३ कार्तिक ३ || 19 Oct 2026, Monday

बाके जिल्लामा मानसरोवर पार्क

कोहलपुर नेपालगन्ज विधुतिय बस सेवा संचालन :मुख्यमन्त्री शंकर पोख्रेल

शहरहरुले दिगो बिकास र व्यापार व्यवसाय बृद्धि गर्न गाँउ गाँउमा लगानी बढाउन आवश्यक
कोहलपुर नेपालगन्ज विधुतिय बस सेवा संचालन :मुख्यमन्त्री शंकर पोख्रेल

आज बुधबार नेकपा बाँकेका आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र नेकपा बाँके परिवार लाई शुधकामना व्यक्त गर्दै लक्ष्मीको घरघरमा पुजा गरे जस्तै देश भित्र लक्ष्मी भित्र्याउन हरेक नागरिक उत्पादन सँग जोडिन आवश्यक रहेकोमा जोड दिए । 

 

सुखी नेपाली,समृद्ध नेपालको अभियानमा सरकार लागि परेको भन्दै प्रदेश ५ को औद्योगिक केन्द्र बाँके बन्न दावी गरे । कोहलपुर नेपालगन्ज विधुतिय बस सेवा संचालन,बाके जिल्लामा मानसरोवर पार्क र भारतका सबै शहर सँग नेपालगंज विमानस्थलको हवाई सम्बन्ध विस्तार गर्न नेपालगंज एअरपोर्टलाई क्षेत्रिय विमानस्थलको रुपमा चाडै बिकास गरिने बताए ।आन्दोलन भनेपछि सबै उमेर समुहका मान्छे सडकमा उत्रने तर बिकास भन्ना साथ सरकार भनेर पन्छिने प्रवृतिको अन्त्य गर्न मुख्यमन्त्री पोख्रेलले आग्रह गरे । पर्यटन र व्यापारको प्रचुर सम्भावना बोकेको बाँके जिल्लाका शहरहरुले दिगो बिकास र व्यापार व्यवसाय बृद्धि गर्न गाँउ गाँउमा लगानी बढाउन आवश्यक रहेको बताए ।

बाँकेको समग्र आर्थिक बिकास मा औद्योगिक क्षेत्रले महत्वपुर्ण योगदान दिने भन्दै नौवस्तामा जग्गा कम रहेको जिकिर गरे ।यो सरकार २००७,२०४६ र२०६२/६३को आन्दोलनको उपलब्धि हो भन्दै प्रजातन्त्र पुनसर््थापना र गणतन्त्रका लागि मिलेका दलहरु बिकासका लागि पनि एकजुट हुन र जनताका सपनाहरु पुरा गर्ने दिशामा मिलेर अघि बढ्न आव्हान गरे।नेकपाका नेता प्रदेश ५ का सचिव जग प्रसाद शर्मा अपारले चाडपर्व लाई समयसापेक्षिक रुपान्तरण गर्दै संस्कार सस्कृतिको युग सुहाँउदो व्याख्या विश्लेषण निमार्णमा लाग्नुपर्ने धारणा राखे ।नेकपाका नेता दिनेशचन्द्र यादव,तिलक परियार,प्रतिनिधि सभाका सांसद महेश्वर गहतराज अथक,पुर्णा सुवेदी,नन्दलाल रोकाय र प्रदेश सांसद बावुराम गौतम,आईपि खरेल,कृष्णा के.सी नमुना , नेपाली कांग्रेस बाँके कि सभापति किरण कोईराला, पुर्वमन्त्री राप्रपा नेता प्रेम ब. भण्डारी, लगायत का नेता कार्यकर्ता को सहभागिता रहेको नेकपा बाँकेका कार्यदल सदस्य अशोक रोकाय र अक्कल ब. बमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस