कोहलपुर -२ आनन्दनगर स्थित गोरखा युनाईटेड पब्लिक स्कुलमा आठौं संस्थापक फुटबल कप प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । हरेक वर्ष खेलकुद सप्ताह रुपमा संचालन गर्दै आइरहेको गोरखाले यस वर्ष पनि ४ वटा सदनका छात्रा\छात्रहरु बीच अन्तर सदनात्मक फुटबल प्रतियोगिता संचालन गरेको हो । विद्यालयका संचालक अध्यक्ष केशर बहादुर आलेले फुटबल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केशर बहादुर आलेले विद्यार्थीहरुलाई शिक्षाको मात्र ज्ञान नदिई विद्यार्थी भित्रको प्रतिभा पहिचान र शारीरिक स्वस्थ राख्न खेल उपलब्धीमूलक हुने बताए । वि.स. २०६८ सालदेखि विद्यालयका संस्थापकहरुको आफ्नो छुट्टै कोषबाट संचालन हुदै आइरहेको यस प्रतियोगिता हरेक शुक्रबार संचालन गरि माघ ११ गते समापन गरिने गोर्खा युनाईटेड पब्लिक माविले जानकारी दिएको छ । खेल प्रतियोगितामा प्रथम हुने सदनलाई नगद रु १० हजार, द्धितीयलाई रु ६ हजार दिइने छ भने संस्थापक, शिक्षक तथा कर्मचारीतर्फ विजेताहरु रु ८ हजार नगद पुरस्कार दिइने विद्यालयका प्रशासन प्रमुख श्री कर्ण बस्नेतले बताए ।
सदनात्मक फुटबल प्रतियोगिता
