२०८३ आश्विन २९ || 15 Oct 2026, Thursday

अंग्रेजी माध्यमबाट शिक्षा आर्जन

कालिकोटमा समता स्कुल

आर्थिक अवस्थाका कारण अध्ययनबाट वञ्चित बालबालिकालाई निःशुल्क रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने
कालिकोटमा समता स्कुल

समता फाउन्डेसनले कालिकोटमा समता स्कुल सञ्चालनमा ल्याएकोे छ । शैक्षिक दृष्टिले पछि परेको कालिकोटमा समता फाउन्डेसनले अंग्रेजी माध्यमबाट पढाइ हुने समता विद्यालय स्थापना गरेको हो । गत वैशाखदेखि अनौपचारिक रुपमा कक्षा संचालन गरेपनि, स्थानिय तहको अनुमतिमा एक औपचारिक कार्यक्रमका विच उद्धाटन गरिएको छ । विद्यालयमा यस वर्ष कक्षा एकसम्म मात्रै पढाइ हुने समता फाउन्डेसनका प्रतिनिधि रवि रोकायाले जानकारी दिए । कालिकोट सदरमुकाम मान्ममा सञ्चालनमा आएको विद्यालयमा कमजोर आर्थिक अवस्थाका कारण अध्ययनबाट वञ्चित बालबालिकालाई निःशुल्क रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उनले बताए । ‘यो शिक्षाको युग हो । कालिकोटका नानीबाबु पनि अब आर्थिक अभावले शिक्षाबाट वञ्चित भएर बस्नुपर्ने अवस्था रहन्न’, उनले भने ।

एक सय रुपैयाँमा मान्ममैै अंग्रेजी माध्यमबाट शिक्षा आर्जन गर्न पाउनु कालिकोटका लागि सुनौलो अवसर भएको उनले बताए । विद्यालयको उद्धाटन गदै कर्णाली प्रदेश सदस्य कुर्मराज शाहिले विद्यालयको विकासका लागि सिंगो कालिकोटको मात्र सहयोग नरहि प्रदेस सरकारको पनि साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । ‘अब धनी र गरिबका विद्यार्थीले पाउने शिक्षाको विभेद अन्त्य हुन्छ’, उनले भने । आर्थिक अभावबाट गुज्रिएका विद्यार्थीलाई लक्ष्य गरी विद्यालय सञ्चालन गर्ने सस्थापकहरु लाई धन्यवाद समेत दिए । संविधान सभा सदस्य तुलाराज विस्ट द्धारा ,कालिकोटको सदरमुकाम मान्ममा समता स्कुलको उद्धाटन गदै । कार्यक्रममा संविधान सभा सदस्य तुलाराज विस्टले विद्यालयले जिल्लाको शैक्षिक गुणस्तर वृद्धि हुनुका साथै यसले शैक्षिक विभेदलाई समेत सदाका लागि अन्त्य गर्ने विश्वास व्यक्त गरे । समता विद्यालयको उद्घाटनमा खाडाचक्र नगरपालिकाका प्रमुख लगायत जन प्रतिनिधि जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिले विद्यालयको सफलताको शुभकामना व्यक्त गरे । अहिले मासिक एक सय रुपैँयामै पढ्न पाउने भएपछि यँहाका निम्नस्थरका मानिसहरु खुसि भएका छन ।

प्रतिक्रिया दिनुहोस