२०८३ कार्तिक २ || 18 Oct 2026, Sunday

राजनीति

नेपाल विद्यार्थी संघको कात्तिकमा हुने भनिएको महाधिवेशन अन्योलमा

नेवि संघलेसंघले मावि तथा क्याम्पसहरूको अधिवेशनपछि असोज १२ मा महानगर, उपमहानगर र गाउँपालिकाको अधिवेशनको प्रस्ताव गरेको छ। त्यसपछि प्रदेशतर्फका क्षेत्रमा भने असोज १५ मा, जिल्लातर्फ असोज २१ र उपत्यकाका क्याम्पसहरूमा असोज २३ मा अधिवेशन प्रस्ताव गरेको छ ।
no-image

कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघको कात्तिकमा हुने भनिएको महाधिवेशन आइतबारदेखि सुरु सार्वजनिक कार्यतालिकाका कारण अन्योलमा परेको छ। कात्तिक १६ देखि १८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्न नेवि संघले ७ असोजदेखि मावि तथा क्याम्पसको अधिवेशन सुरु हुने कार्यतालिका सार्वजनिक गरेको थियो।

असोज ७ मा हुने अधिवेशनका लागि केन्द्रीय समितिले यसअघि तोकेका केन्द्रीय प्रतिनिधिहरू शुक्रबारसम्म नगएपछि महाधिवेशन प्रक्रिया अन्योलमा परेको नेताहरूले बताएका छन्। संघका महामन्त्रीद्वय कुन्दन काफ्ले र सरोज थापाले शुक्रबार साँझसम्म कन्द्रीय प्रतिनिधि गएरनगएबारे आफूहरूलाई कुनै जानकारी नआएको बताए। यद्यपि अध्यक्ष नैनसिंह महरले शनिबारदेखि केन्द्रीय प्रतिनिधिहरू जाने दाबी गरे। तर अध्यक्ष महरले पूर्वनिर्धारित महाधिवेशनको कार्यक्रममा भने कुनै फरक नपर्ने बताए ।

नेवि संघलेसंघले मावि तथा क्याम्पसहरूको अधिवेशनपछि असोज १२ मा महानगर, उपमहानगर र गाउँपालिकाको अधिवेशनको प्रस्ताव गरेको छ। त्यसपछि प्रदेशतर्फका क्षेत्रमा भने असोज १५ मा, जिल्लातर्फ असोज २१ र उपत्यकाका क्याम्पसहरूमा असोज २३ मा अधिवेशन प्रस्ताव गरेको छ ।

प्रदेश समितिहरूको अधिवेशन भने कात्तिक १० र ११ मा गर्ने गरी मिति प्रस्ताव गरिएको छ। केन्द्रीय महाधिवेशनका लागि कात्तिक १३ मा प्रतिनिधि टुंगो लगाउने र १४ गते दाबी विरोधका लागि समय दिइने बताइएको थियो। त्यस्तै सोही दिन अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका सार्वजनिक भएको थियो ।

केन्द्रीय महाधिवेशन भने दसैंलगत्तै कात्तिक १६ गरिने बताइएको थियो। गत भदौ २ मा पार्टीले संघको वर्तमान कार्यसमितिलाई तीन महिनाको कार्यकालको म्याद थप्दै महाधिवेशन गर्न भनेको थियो। शुक्रबारसमम केन्द्रीय तहका प्रतिनिधिहरू उपत्यकाबाहिर नगएकाले नेविसंघभित्र महाधिवेशनको विषयलाई लिएर संशय छाएको छ ।

प्रतिक्रिया दिनुहोस