२०८३ कार्तिक ४ || 20 Oct 2026, Tuesday

छात्र फुटबल प्रतियोगिता

जनता नमूना र ब्राइटल्याण्ड विजयी

 नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले प्रतियोगिता सञ्चालन
जनता नमूना र ब्राइटल्याण्ड विजयी

नेपालगञ्जमा जारी मेयर कप अन्तर मावि तथा उमावि छात्र फुटबल प्रतियोगितामा जनता नमूना र ब्राइटल्याण्ड कलेज विजयी भएका छन् । धम्बोझीको ग्रासरुट मैदानमा सञ्चालन भइरहेको मेयर कपमा जनता नमूनाले मेरी गोल्डविरुद्ध एकतर्फी जीत निकाल्यो । जनताले मेरीगोल्डलाई ४-० गोलले पराजित ग¥यो । एकतर्फी खेलमा जनताका लोकेन्द्र बुढाले दुई तथा दिपिल खत्री र सञ्जीव शाहीले एक-एक गोल गरेका थिए । ब्राइटल्याण्ड र आदर्श मावि खजुरा बीचको दोस्रो खेल भने प्रतिस्पर्धात्मक बनेको थियो । निर्धारित समयमा दुई-दुई गोलको बराबरी भएको खेलको निर्णय टूाइबेकरबाट गरिएको
थियो । जसमा ब्राइटल्याण्डले बाजी मा¥यो ।

निर्धारित समयमा ब्राइटल्याण्डका राम बुढाले दुई गोल गरेका थिए । आदर्शबाट रोशन खड्का र निरज थापाले गोल गरेका थिए । शुरुवाती आग्रता ब्राइटल्याण्डले लिएपनि आदर्शले गोल फर्काउदै टक्कर दिएको थियो । टूाइबेकरमा भने आदर्श निराश भयो । टूाइबेकरमा ४-२ गोलले ब्राइटल्याण्ड विजयी भयो । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा २४ स्कूलको सहभागिता रहेको छ । सोमबार भुपु सैनिकविरुद्ध नेपालगञ्ज मोडेल र ज्ञानज्योति मावि चप्परगौडीविरुद्ध जुनियर आइस्टाइनका बीचमा खेल हुने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस