२०८३ कार्तिक ३ || 19 Oct 2026, Monday

प्रतियोगितालाई सफल बनाउन

दोस्रो मेयर कप रनिङ् शिल्ड प्रतियोगिता २०७५ को आज उद्घाटन

खेलकुदको विकासका लागि प्रदेश सरकारले विभिन्न निकायसँग आवश्यक छलफल  गरिरहेको
दोस्रो मेयर कप रनिङ् शिल्ड  प्रतियोगिता २०७५ को आज उद्घाटन

बाँके कोहलपुरमा दोस्रो अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ को आज उद्घाटन गरिएको छ । कोहलपुर नगरपालिकाको आयोजना र शिक्षा, यूवा तथा खेलकुद शाखाको सांलन तथा व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराले गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री बरालले प्रदेश नं. ५ सरकारले यहि फागुनमा मुख्यमन्त्री रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्न लागेको बताउँदै प्रतियोगितालाई सफल बनाउनका लागि सबै स्थानिय सरकार सहयोगको आवश्यकता पर्ने बताएका छन् । साथै उनले खेलकुदको विकासका लागि प्रदेश सरकारले विभिन्न निकायसँग आवश्यक छलफल  गरिरहेको बताए ।

कोहलपुरलाई खेलकुद क्षेत्रको रुपमा विकास  गर्नका लागि स्थानिय सरकारसँगको सहकार्यमा प्रदेश सरकारले पहल गर्ने प्रतिवद्वता जनाएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर  रावतले विद्यार्थीहरुले  तियोगिताबाट आफ्नो प्रतिभालाई जिल्ला, राष्ट्र हुँदै अन्तर्राष्ट्रिय स्तरमा देखाउन सक्ने क्षमताको विकास गर्ने सक्नेमा जोड दिएका छन् । साथै उनले कोहलपुरलाई खेलकुद क्षेत्रको हव बनाउनका लागि स्थानिय सरकारले प्रदेश र संघिय सरकारसँग छलफलहरु  गरिरहेको बताए ।  सम्पूर्ण खेल स्थगित प्रतियोगिताको उद्घाटन शत्रमा हुने सम्पूर्ण खेलहरु स्थगित  गरिएको छ । पहिलो दिन हुने भनेका विभिन्न खेलहरु वर्षाका कारण स्थगित गर्नु परेको प्रतियोगिता सञ्चालन समितिकी संयोजक  नारायणी वलीले जानकारी दिईएकी छिन् । प्रतियोगिताको सम्पूर्ण खेल शनिबार बिहानबाट हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस