कोहलपुरमा जारी अन्तरगत मा.बि.मेयर कप खेलकुद प्रतियोगितामा अन्तर्गत आईतवार भएको छात्र भलिबलमा ज्ञानज्योति मा बि चप्परगौडी , त्रिभुवन मा.बि कोहलपुर , गोर्खा युनाइटेड पब्लीक स्कुल र साइनिङ्ग स्टार मा.बि सेमिफाइनलमा प्रवेश गरेका छन । यसैगरी आजै भएको छात्र भलिबल खेलमा ब्राइटलाइट मा.बि कौशिलानगर, ज्ञानज्योति मा.बि चप्परगौडी , डायनामिक मा.बि , बागेश्वरी एकेडेमी ग्रिन पिस मा बि चप्परगौडी , कृष्ण मा.बि कौशिलानगर र जन ज्योति पब्लिक स्कुल क्वाटर फाइनलमा प्रबेश गरेका छन । यसैगरी आईतवार भएको १०० मिटर छात्रा को फाइनल खेलमा लक्ष्मी माध्यमिक बिद्यालय , बर्दहवाका बासना कार्की प्रथम भएकी छन भने साइनिङ्ग स्टार की लक्ष्मी सुनार द्वितिय तथा डायनमिक मा बि कि हिमसरी खड्का तृतिय भएकी छन।
यसैगरी १००मी छात्रको फाइनल खेलमा जनज्योति पब्लिक स्कुलका सुवास बराल प्रथम, त्रिभुवन मा.बि का सहन चन्द्र शाह द्वितिय तथा गोर्खा पब्लिक स्कुलका हार्दिक राना तृतिय भएका छन । यस्तै आईतवार भएको १५०० मीटर छात्रा दौडमा गोर्खा पब्लिक स्कुलका विर्सना कुमाल प्रथम , लक्ष्मी माध्यमिक बिद्यालय , बर्दहवाका बासना कार्की द्वितिय तथा साइनिङ्ग स्टारका अन्जु राना तृतिय भएको मेयरकप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताका संचार संयोजक बिनोद भट्टराईले जानकारी दिए । सोमबार बिहान ७ बजेदेखि छात्र भलिबलका क्वाटरफाईनल तथा छात्रा भलिबल तर्फ सेमिफाईनलका खेलहरु हुने संयोजक भट्टराईले जानकारी दिए ।
