२०८३ कार्तिक ४ || 20 Oct 2026, Tuesday

बालबालिकाका अधिकार भित्र खेलकूद महत्व विषय

बिजयी खेलाडिहरुलाई पुरस्कार वितरण

खेलहरुलाई नियमित संचालन गर्नका निम्ति आवश्यक बजेटको व्यवस्थापन गरिने
बिजयी खेलाडिहरुलाई पुरस्कार वितरण

बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा जारी प्रथम खेलकुद प्रतियोगितामा सम्पन्न पश्चात सोमबार पुरुस्कार वितरण गरिएको छ । ९ गते देखि संचालन गरिएको प्रथम प्रतियोगिताहरु मौसमका कारण पुस्कार वितरणमा ढिलाई भएको
थियो ।  कूल संस्थागत तथा सामुदायिक गरी ३७ को संख्यामा रहेको विद्यालयहरुले प्रथम खेलकुद प्रतियोगितामा सहभागी जनाएका थिए । समापन कार्यक्रमलाई पूर्व मन्त्री तथा समापन कार्यक्रमका प्रमुख अथिति दल बहादुर सुनारले बैजनाथ का सबै बालबालिकाहरुका अधिकार भित्र खेलकूद समेत भए महत्व विषय भएको बताए । सुनारले आज बैजनाथमा मात्र खेलाडिहरु विजयी भएका छन् तर जिल्ला स्तरमा समेत बैजनाथको प्रतिनित्व गरी देश को नै नामकरण उच्च राख्न सबैलाई उर्जा प्रदान गरे । सुनारले विद्यालयमा एक विषय अनिर्वाय खेल सिकार मा बैजनाथ गाउँपालिका शिक्षा ईकाइसबै विद्यालयहरुका प्रअ हरुले नियम नै बनाई कायान्वय गर्न आवश्यक रहेको बताए । कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले भावि दिनहरुमा खेलहरुलाई नियमित संचालन गर्नका निम्ति आवश्यक बजेटको व्यवस्थापन गरिने बताईन् कार्यक्रममा बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्रीले कोही पनि पराजित नभएको बताउदै सबै सहभागि विद्यालयका छात्र छात्राहरुको विजयी भएको बताए । खत्रीले नृत्यमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै नगद १ हजार रुपैया समेत पुरुस्कार दिएका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो भने आधारभूत विद्यालय तथा मावि विद्यालय तर्फ उत्कृष्टि हुने छात्र छात्राहरुलाई पुरुस्कार वितरण गरिएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य वडा अध्यक्ष तथा विभिन्न क्षेत्रमा आवद्ध रही खेलकूल गतिविधिहरुमा सहयोग गर्ने व्यत्तित्वहरुलाई मायाको चिनो समेत दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस