२०८३ आश्विन २९ || 15 Oct 2026, Thursday

चलचित्रमा संवाद महेश दवाडीले लेखेका

बोक्सीको घर’को बाटोमा ‘पूर्ण बहादुरको सारङ्गी’

सरोज पौडेलले निर्देशन गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बरालसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका
बोक्सीको घर’को बाटोमा ‘पूर्ण बहादुरको सारङ्गी’

‘
कार्तिक २२ गते २०८१

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकको उत्साहजनक साथ पाएको छ । सिनेमाले दर्शकको उत्साहजनक साथ पाउँदा शो थपिने क्रम जारी छ । हरेक दिन यो चलचित्रको शो थपिने क्रम जारी छ ।

चलचित्र वितरक प्रचण्डमान श्रेष्ठले ४५ देखि ५० प्रतिशत शोसहित ‘पूर्ण बहादुरको सारङ्गी’ चलिरहेको बताएका छन् । यति शो दिँदा पनि दर्शकले आफूले चाहेको समय र हलमा चलचित्र हेर्न नपाएको उनको दाबी छ ।

यो चलचित्र आउँदो तीन हप्तासम्म दर्शकको उच्च चापसहित चल्ने उनको दाबी छ । त्यसैले तत्काल चल्ने चलचित्रलाई सहज बनाउने हो भने ७५ देखि ८० प्रतिशत शो आजैबाट दिएर ‘पूर्ण बहादुरको सारङ्गी’ चलाउनु पर्ने अन्यथा रिलिज हुने तयारीमा रहेका चलचित्रलाई समस्या पर्नसक्ने उनको दाबी छ ।

अन्यथा आगामी हप्तामा प्रदर्शनमा आउने केही चलचित्र ड्रप र केहीको प्रदर्शन मिति परिवर्तन गर्न पहल थाल्न सुझाव दिएका छन् । समयमै यो पहल नगरे कसैलाई फाइदा नहुने वितरक प्रचण्डमानको भनाइ छ ।

वैशाख १४ रिलिज भएको ‘बोक्सीको घर’ले वैशाख २१ मा रिलिज भएको ‘मनसरा’को शो ‘क्याप्चर’ गरेको थियो । ‘मनसरा’ले सुरुमा पाएको शो पनि दोस्रो र तेस्रो दिनदेखि नै ‘बोक्सीको घर’ले लिएको थियो । त्यस्तै संकेत देखिएको वितरक प्रचण्डमानले गरेका छन् ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बरालसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।

कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।
साभार १२खरी

प्रतिक्रिया दिनुहोस