नेपालगन्जमा जारी पाँचौ हिसानकप खेलकुद प्रतियोगिताको भएको भलिबल फाईनल खेलमा छात्रा तर्फको उपाधी गोरखा मा.वि कोहलपुरले उचालेको छ ।
फागुन १४ गते बाट सुरु भएको हिसानकपको छात्रा तर्फको भलिबल खेलको फाइनल प्रतियोगिताको लागि मोडर्न र डाइनामिक, जनज्योती मा.वि र गोरखा मा.वि बिच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा अन्य समुहलाई हराउँदै गोरखा मा.वि प्रथम, डाइनामिक माबि द्वितीय र जनज्योती माबि तृतीय भएको हिसान कपका संयोजक सुमन गौतमले जानकारी दिए । वर्षाका कारण खेल हुन नसके पछि आयोजकले २ दिनका लागि प्रतियोगिता स्थगित गरेको
थियो । मैदानमा हिलो जमेपछी फुटबल खेल हुन नसकेको संयोजक गौतमले बताए ।
गोरखा मा.वि प्रथम
