२०८३ कार्तिक ३ || 19 Oct 2026, Monday

मुख्य समाचार

सल्यान घुइयाबारी सडकखण्डको सुन्दरवस्तीसम्म टेन्डरबाट ४० लाखको लागतमा सडक पिच

चिल्ड्रेन पार्कसहितको पौडी पोखरी, मसुरीखेतमा एक सय केभीको ट्रान्समिटर जडान
- प्रमोद रिजाल

सल्यान घुइयाबारी सडकखण्डको सुन्दरवस्तीसम्म टेन्डरबाट ४० लाखको लागतमा सडक पिच

कोहलपुर नगरपालिका वडा नम्बर १२ अन्य वडाको तुलनामा विकास निर्माणमा अग्रस्थानमा उदाएको छ । बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको यस वडाले वन्यजन्तुबाट प्रभावित भएको भए पनि विकास निर्माणमा भने फड्को मार्दै गरेको नेकपाका नेता तथा मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्य सूर्य ढकालले बताएका छन् ।
‘चप्परगौडीदेखि सल्यानको घुइयाबारी जोड्ने सडक बन्न सक्यो भने विकास निर्माणमा निकुञ्जले समेत छेकवार गर्न नसक्ने नीतिमा प्रष्ट भएकाले यसतर्फ कोहलपुर नगरपालिकाको पहल अन्त्यावश्यक छ,’वडाध्यक्ष कृष्णबहादुर खड्का भन्छन् ।
निकुञ्जले छोएका वडाका सीमाहरुमा तारजाली गर्नुपर्ने अहिलेको मुख्य विषयवस्तु भए पनि बजेट र निकुञ्जको अवरोधका कारण त्यसो हुन नसकेको भन्दै वडाध्यक्ष खड्काले निकुञ्जबाट निस्कने वन्यजन्तुले बालीनाली सखाप पार्ने, घरपालुवा चौपाया मारिदिने समस्याले सिंगो वडा प्रताडित भएको दुखेसो व्यक्त गरे ।
‘एकातिर बँदेल आएर तरकारी बालीलगायत अन्य बाली नष्ट गर्छ, अर्कोतर्फ चितुवा निस्केर गाउँमा वितण्डा मच्चाउँदै चौपाया मार्छ, जताबाट पनि स्थानीय किसान मर्कामा छन्, उचित क्षतिपूर्तिको व्यवस्था छैन,’ स्थानीय दुर्गा डाँगीले संबाददातासंग भने ।
जस्तोसुकै चौपाया मारिए पनि २ हजार ५ सय क्षतिपूर्ति दिएर निकुञ्जले टार्ने गरेको प्रति दुखेसको व्यक्त गर्दै डाँगीले त्यही क्षतिपूर्ति बापतको २ हजार ५ सय पाउन सर्जिमन, वडा मुचुल्का र घाइते वा मरेको पशुको अवशेषको फोटो हुनुपर्ने भन्दै निकुञ्जले हेपाहा प्रवृत्तिले हेरेको गुनासो गरे ।
पशु चौपायाको हकमा यो व्यवस्था भए पनि बालीनालीमा भने कुनै क्षतिपूर्ति नपाएको इंगित गर्दै उनले स्थानीय सरकार यसप्रति गम्भीर हुन सुझाव दिए ।
डुडुवा नालीको किनारैकिनार दुवैतर्फ वृक्षारोपणसहितको पैदल तथा साइक्लिङ मार्ग बनाउन लागिपरेको वडा नं। १२ ले तटबन्ध गर्न बजेट नहुँदा आफू अप्ठ्यारोमा परेको बताएको छ । ७÷८ करोड मात्र ढल निर्माण गर्न बजेट लाग्ने देखिएको छ । तटबन्ध गर्न अर्बौ बजेट लाग्ने भएकाले आफूले जनचाहना बमोजिम विकास निर्माणको कार्यलाई दु्रत गतिमा अगाडि बढाउन नसकेको वडाध्यक्ष कृष्णबहादुर खड्काको स्वीकारोक्ति रहेको छ ।
सहरी विकासले तटबन्ध र ढल निकासमा तदारुकता देखाउन सके वडामा देखिने गरी विकास निर्माण हुने वडाध्यक्ष खड्काले दावी गरेका छन ।
कोहलपुर नगरपालिकाले दिने बजेट पर्याप्त नहुँदा वडाले शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुदजस्ता विषयवस्तुको खासै सम्बोधन गर्न नसकिएको प्रति दुःख व्यक्त गर्दै वडाध्यक्ष खड्काले आफ्नो वडाले अन्य वडाको तुलनामा विकास निर्माणको विषयमा अब्बल रुपमा कार्य गरेको दाबी गरे ।
उनले आफ्नो वडामा २० लाखको लागतमा सिर्जना सामुदायिक वनमा चिल्ड्रेन पार्कसहितको पौडी पोखरी बनाइसकेको बताए । मसुरीखेत रिंगरोडमा २८ लाख ५० हजारमा विद्युतीकरणको कार्य सम्पन्न गरी मसुरीखेतमा एक सय केभीको ट्रान्समिटर जडान गरिसकेको वडाध्यक्षको भनाइ छ ।
वडाका विभिन्न टोलमा १४ लाख ७५ हजार लागतमा बाटो गा्रभेल गरेको वडाले चप्परगौडीदेखि सल्यान घुइयाबारी सडकखण्डको सुन्दरवस्तीसम्म टेन्डरबाट ४० लाखको लागतमा सडक पिच गर्ने कार्य र यसै सडकखण्डमा ५ लाख लागतको कल्भर्ट निर्माण कार्य सम्पन्न गरेको वडाले जनाएको छ ।
महाकाली मन्दिरदेखि रोहिणी खोलासम्म २७ लाख लागतमा ढल निर्माण सम्पन्न भइसकेको जनाएको वडाले डुडुवादेखि रोहिणी खोलासम्म ६० लाख टेन्डरमार्फत् र २७ लाख लागतमा ढल निर्माण कार्य गरेको जनाएको छ । यसै गरी वडाले ने।रा। मा।वि। निबुवा खड्कवारमा १ लाख बराबरको पर्खाल निर्माण, सुन्दरबस्ती टोलमा ५ लाख लागतमा तटबन्ध निर्माण, सुन्दरबस्तीमै शिव मन्दिर निर्माणार्थ १ लाख, विद्याज्योति प्राविमा १ लाखको पर्खाल निर्माण, मसुरीखेत टोलमा २२ लाख ४० हजारको तटबन्ध निर्माण, मसुरीखेत जाने बाटो पटान तथा ग्राभेलिङ ५ लाख लागतमा र प्रहरी बिटदेखि शान्तिचोक निबुवासम्म १० लाख लागतमा नाली निर्माण कार्य सम्पन्न गरेको वडाले जनाएको छ ।
महाकाली मन्दिर परिसरमा ६६ हजार लागतमा शौचालय निर्माण कार्य सम्पन्न गरेको वडाले नारायणी पेट्रोल पम्पदेखि पाण्डे निवाससम्मको नाली निर्माण कार्य ५ लाख २५ हजारमा सम्पन्न गरेको छ । वडाले रामजानकी मन्दिरको पर्खालका निम्ती दुई लाख खर्चेको छ भने ज्ञानज्योति स्कुल भवन निर्माण एक लाख र चप्परगौडी–घुइयाबारी सडकखण्डमा ५ लाख बराबरको कल्भर्ट निर्माण कार्य सम्पन्न गरेको वडाध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस