२०८३ आश्विन २९ || 15 Oct 2026, Thursday

१ हजारभन्दा बढी घरहरूमा क्षति

भारतको उत्तर प्रदेशमा बाढी- पहिरोले कम्तिमा ५६ जनाको मृत्यु

वर्षाले पुल र कल्भर्टहरूमा क्षति पुर्याएपछि अधिकारीहरूले ओडिशा राज्यको एक लोकप्रिय पर्यटकीय स्थल देवकुण्ड बन्द गर्न बाध्य
भारतको उत्तर प्रदेशमा बाढी- पहिरोले कम्तिमा ५६ जनाको मृत्यु

असोज ११ गते २०८३ /एएफपी

लखनऊ — भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तिमा ५६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको यस राज्यमा गएको तीन दिनमा ५६ जनाको मृत्यु भएको तथा १ हजारभन्दा बढी घरहरूमा क्षति पुगेको राहत आयुक्तको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ ।

२४ करोडभन्दा बढी जनसङ्ख्या भएको उत्तर प्रदेशमा जुनदेखि सेप्टेम्बरसम्मको वार्षिक मनसुनयाममा वर्षा र आँधीबेहरीले बारम्बार असर पार्ने गरेको छ। बंगलादेशको खाडीमा बनेको न्यून चापीय प्रणाली स्थलसतहतर्फ सर्दै यस क्षेत्रमा वर्षा तीव्र बनाएपछि आएको अत्यधिक भारी वर्षाका कारण पछिल्लो मानवीय क्षति भएको विज्ञप्तिमा जनाइएको छ।

सो राज्यमा मौसमी शुक्रबारदेखि आइतबारको बीचमा ६६.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । भारी वर्षाका कारण बालीमा ठूलो क्षति पुगेको छ । आगामी सिजनमा खेती गर्न ढिलाइ हुने चिन्ता कृषकहरूले व्यक्त गरेका छन् ।

एनडीटीभी नेटवर्कले जनाए अनुसार, भारतको पूर्वी राज्य ओडिशामा भारी वर्षाका कारण नदीहरूमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा बसोबास गर्ने ७० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। वर्षाले पुल र कल्भर्टहरूमा क्षति पुर्याएपछि अधिकारीहरूले सो राज्यको एक लोकप्रिय पर्यटकीय स्थल देवकुण्ड बन्द गर्न बाध्य भएका छन्।

एएफपी

प्रतिक्रिया दिनुहोस