२०८३ आश्विन २९ || 15 Oct 2026, Thursday

निकटतम प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट ६ हजार ५८४ मत प्राप्त गरेर सभापतिमा निर्वाचित भए गगन कुमार थापा

नेपाली कांग्रेसले सभापति बाहेकका मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको र आज दिउँसो बाट मतगणना शुरु हुने जनाएको छ
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट  ६ हजार ५८४ मत प्राप्त गरेर सभापतिमा निर्वाचित भए गगन कुमार थापा

असोज २४ गते २०८३ / निराजन वि.क

७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि मध्ये ७ हजार ३९ जनाले मतदान प्रकृयामा भाग लिएको नेपाली कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

असोज १८ बाट शुरु भएको नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको शुक्रबार सम्पन्न निर्वाचन मा गगन कुमार थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले भने ३७५ मत प्राप्त गर्नु भएको र कुल ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेसले सभापति बाहेकका मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको र आज दिउँसो बाट मतगणना शुरु हुने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस