२०८३ कार्तिक ३ || 19 Oct 2026, Monday

बजेट विनियोजन गर्ने प्रतिवद्धता

प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अनुगमन

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष क्रिकेट प्रतियोगिता प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा संञ्चालन
प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अनुगमन

प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान कोहलपुरको भौतिक निर्माणको अनुगमन तथा निरिक्षण गरिएको छ । युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले कम बजेटमा राम्रो काम भएकोमा प्रशंसा गरे । क्रिकेट मैदनको सोमवार निरिक्षण गदै मन्त्री विश्वकर्माले आगामि संघिय बजेटमा प्राथमिकता सहित बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशर बहादुर विष्टले प्राविधिक हिसावले क्रिकेट मैदान उपयुक्त रहेको बताए । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष क्रिकेट प्रतियोगिता प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा संञ्चालन गरिने तय भएको खेलप्रेमी एल बी क्षेत्रीले जानकारी दिए । ५ नं प्रदेश खेलकुद विकास समितिका अध्यक्ष भिम ओली ,कोहलपुर नगरपालिकाको उप प्रमुख संञ्जु कुमारी थारु , प्रमुख प्रशासकिय अधिकृत प्रेम देवकोटा , कोहलपुर नगर बिकास समितिका अध्यक्ष अवराज खड्का लगायतको सहभागिता रहेको थियो । आठौ राष्ट्रिय खेलकुद प्रतियोतिा चैत्र २७ गते देखि सुरु हुदैछ । प्रतियोगीताको राष्ट्रपति बिद्या देबि भण्डारीले उद्धघाटन गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस