बाँकेको कोहलपुरमा डेढदशक देखि निर्माण शुरु भएको प्रस्तावित अन्तर्रािष्ट्रय क्रिकेट मैदान खेल्नका लागि तयार भएको छ । स्थानीय तह र सामाजिक संघ संस्थाको सहकार्यमा क्रिकेट मैदानको पिच सम्पन्न भएको उपभोक्ता समितिका सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान एल वी क्षेत्रीले जानकारी दिए । कोहलपुर नगरपालिकाले तारवारका लागि नौं लाख र चेञ्जिङ्ग रुम निर्माणका लागि चार लाख ५० हजार, कोहलपुर उद्योग वाणिज्य सघले तीन लाख र कोहलपुर नगर विकास समितिले तीन लाख रुपैया सहयोग गरेको पुर्व कप्तान क्षेत्रीले बताए । कोहलपुर मैदानमा यस वर्ष नियमित बजेट १० लाख रुपैया प्राप्त भएको समितिले जनाएको छ । क्रिकेटको पिच निर्माण सम्पन्न भईसकेकोछ, पुर्व राष्ट्रिय कप्तान क्षेत्रीले भने,– सिमित श्रोत र साधनबाट खेल्न योग्य मैदान तयार भएको छ । ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट खेल हुने भएपनि हालसम्म राष्ट्रिय खेलकुद अन्तर्गतको बजेट भने प्राप्त नभएको समितिले जनाएको छ । कोहलपुर क्रिकेट मैदान २०६० साल देखि निर्माण सुरु भएको हो । २०६१ सालमा नेपालमै पहिलो पटक महिला क्रिकेट यसबै मैदानबाट सुरु भएको क्षेत्री बताउँछन । स्थानीय स्तरबाट मैदान सम्याउने काम भएपनि सरकारी तहबाट बजेट विनियोजन भने आर्थिकबर्ष २०७१\७२ मा पहिलो पटक ३० लाख रुपिया बजेट विनियोजन भएको थियो । आव २०७२र७३ मा विनियोजन भएको ६० लाख रकम क्षेत्रीय खेलकुद विकास समितिले खर्च गर्न नसकेपछि फिर्ता भएको थियो । आव २०७३र७४ मा विनियोजन भएको ६० लाख रकमले तटबन्ध गरिएको छ । यसैगरी आव २०७४\७५ मा एक करोड ९० लाख वजेट विनियोजन भएकोमा एक करोड रकममा अन्तराष्ट्रिय क्रिकेट मैदानको डिपिआर तयार भएको छ । डिपिआर अनुसार मैदान निर्माणमा ६८ करोड रुपिया खर्च लाग्नेछ । चालु आवमा भने बजेट कटौती गरेर १० लाख मात्रै विनियोजन भएपछि खेल प्रेमीहरु निराश भएपनि आठौं खेलकुदको तयारीका लागि मैदान निर्माणमा सक्रिय भएर लागेका छन् । पुर्व कप्तान क्षेत्री केही समयदेखि क्रिकेट मैदान निर्माणका लागि पूर्णकालिन भएर मैदानमा दिनरात खटिदैं आएका छन् । डबल ड्रम्प रोलर प्रयोग गरि अन्तिम चरणको निर्माण कार्य भईरहेको क्षेत्रीले बताए । । कोहलपुर नगर विकास समितिले मैदानसम्म पुग्ने सडक खोल्ने तथा तीन करोडको लागतमा तटबन्ध गर्दैछ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भिम वलीले कोहलपुर क्रिकेट मैदान अहिले खेल्न लायक भएको भन्दै आगामी आर्थिक बर्षदेखि निर्माणका लागि बजेट विनियोजन हुने बताए ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता
