२०८३ कार्तिक ४ || 20 Oct 2026, Tuesday

३५ खेलका ५ हजार २ सय ११ खेलाडीले भाग लिए

नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भए

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ क्लब र एनआरएन गरी ११ टोलीले प्रतिस्पर्धा गरेका छन्
नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भए

नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् । यसअघि बुधबार नेपालगन्ज रंगशालामा हुने समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीन जाने कार्यक्रम रहेकाले प्रधानमन्त्री नेपालगन्ज जान नसक्ने भएका हुन् । त्यसैले खेलकुदको समापन उपराष्ट्रपति पुनले गर्न लागेका हुन् ।

प्रतियोगिताको उद्घाटन वैशाख ५ गते राष्ट्रपति भण्डारीले गरेकी थिइन् । चैत २७ गतेदेखि सुरु भएको प्रतियोगिताको औपचारिक उद्घाटन वैशाख ५ गते मात्र गरिएको थियो । अधिकांश खेल उद्घाटन अघिनै सकिएको थियो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ क्लब र एनआरएन गरी ११ टोलीले प्रतिस्पर्धा गरेका छन् । जसमा ३५ खेलका ५ हजार २ सय ११ खेलाडीले भाग लिएका थिए । मंगलबारसम्म प्रतियोगिताका अधिकांश खेल सकिने छ । पदकमा विभागीय टोली आर्मी, पुलिस र एपीएफ क्लबले बर्चस्व जमाएका छन् ।

प्रतिक्रिया दिनुहोस