२०८३ कार्तिक २ || 18 Oct 2026, Sunday

शताब्दीऔं पछि स्मृतिमा जीवित

नेपाल सम्वत् ११३९ को प्रारम्भको अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली मा सुख, शान्ति एवं समृद्धिको शुभकामना:प्रधानमन्त्री केपी शर्मा ओली

राष्ट्रिय विभूति शंखधर साख्वाःले ११३८ वर्षअघि ऋणमा बाँधिएका गरिब किसानहरुलाई आफ्नै सम्पत्ति खर्च गरी ऋण मुक्त गराएको प्रसंग
नेपाल सम्वत् ११३९ को प्रारम्भको अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली मा सुख, शान्ति एवं समृद्धिको शुभकामना:प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वतका प्रवर्तक एवम् राष्ट्रिय विभूति शंखधर साख्वा शताब्दीऔं पछि स्मृतिमा जीवित रहेको बताएका छन् ।

नेपाल संवतको नयाँ वर्ष ११३९ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । साख्वा कै योगदानका कारण नेपाली समाजको गौरवशाली विगत र मूल्य मान्यतालाई अक्षुण्य राख्नसमेत नेपाल सम्वतले झकझक्याउँदै आएको प्रधानमन्त्रीको भनाइ छ ।

नेपाल सम्वतको सुरुआतको घटना पनि हामी सबैका लागि प्ररणादायी रहेको प्रधानमन्त्री ओलीले बताएका छन् । उनले नेपाल सम्वतलाई परोपकारी भावना स्मरण गर्ने दिनको रुपमा समेत ब्याख्या गरेका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले ११३८ वर्षअघि ऋणमा बाँधिएका गरिब किसानहरुलाई आफ्नै सम्पत्ति खर्च गरी ऋण मुक्त गराएको प्रसंग छ । सोही दिनदेखि उनले नेपाल सम्वत् चलाएको बताइन्छ । ‘नेपाल सम्वतले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपकारी भावना स्मरण गराउँदै आएको छ,’ प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा लेखिएको छ ।

उनले नेपाल सम्वत् ११३९ को प्रारम्भको अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस