२०८३ कार्तिक २ || 18 Oct 2026, Sunday

१५ वटै वडामा दलित सरोकार मञ्च गठन

राज्यले दलित समुदायलाई थुप्रै अवसर र सुविधा दिएको छ लाभ उठाउन आग्रह :सांसद अथक

दलित सग्रहालयका लागि कोहलपुर नगरपालिका बाट १०लाख छुट्याईएको जानकारी:प्रमुख लुट ब. रावत
राज्यले दलित समुदायलाई थुप्रै अवसर र सुविधा दिएको छ लाभ उठाउन आग्रह :सांसद अथक

कोहलपुरमा“जातिय छुवाछुत अन्त्य गरौं समतामुलक समाजको निमार्ण गरौ ” भन्ने मुल नाराका साथ दलित समुदायको विकास र पहुँचका लागि सरोकारवालाको भुमिका विषयक कार्यक्रम सम्पन्न भएको छ । दलित सरोकार मञ्चको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि बाँके निर्वाचन क्षेत्र नं १ का सांसद अथकले राज्यले बनाएका ऐन कानूनहरु बारे दलित समुदायले जानकारी लिनु र उपभोग गर्ने गरि थाहा पाउन जरुरी रहेको बताए । सांसद अथकले दलित समुदायले हिनताबोध र जात लुकाउने प्रवृत्तिको कारण दलित समुदायको पेशा व्यवसाय संकटमा परेको धारणा राखे ।जातपात छुवाछूत हिजो समस्या थियो आज आन्दोलनको जगमा त्यो समस्या अवसरमा परिणत भएको भन्दै सांसद अथकले राज्यले दलित समुदायलाई थुप्रै अवसर र सुविधा दिएको छ लाभ उठाउन आग्रह गर्दै सांसद बिकास कोष बाट दलित संग्रहालयका लागि १५ लाख बजेट छुट्याईएको जानकारी दिए ।कार्यक्रमका विशेष अतिथि कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले भूमिहिन गरिब समुदाय र दलित समुदायलाई आवास सहितको व्यवस्था गर्ने सोचमा कोहलपुर नगरपालिका लागि परेको बताए । सहभागीहरुले उपस्थित अतिथिहरु समक्ष शिक्षामा छात्रवृति र रोजगारीमा आरक्षण कार्यान्वयनका लागि जोडदार माग गरेका थिए ।अन्तरकृया कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं १ का अध्यक्ष गोपी खनाल,७का अध्यक्ष दिपक जंग शाह,९का अध्यक्ष ठाकुर प्रसाद थारुले दलित समुदायको मागहरुमा आफुहरु प्रतिबद्ध रहेको धारणा राखे ।कोहलपुर नगरपालिकाका बोर्ड सदस्यहरु शान्ति सुनार र डिल ब. परियारले दलित सग्रहालयका लागि कोहलपुर नगरपालिका बाट १०लाख छुट्याईएको जानकारी दिए । अन्तरकृया कार्यक्रमको उपस्थित भेलाले कोहलपुर नगरपालिकाका १५ वटै वडामा दलित सरोकार मञ्च गठन गर्ने निर्णय गरेको छ ।दलित समुदायको केन्द्रिय अगुवा र दलित सरोकार केन्द्रका अध्यक्ष पुजन बिश्वकर्माले संयुक्त रुपमा सांसद अथक र कोहलपुर नगरपालिकाका प्रमुख लुट ब. रावतलाई १२ सुत्रिय माग सहितको ज्ञापनपत्र बुझाएको सो केन्द्रका सदस्य कृष्ण बिश्वकर्माले जानकारी दिए ।कार्यक्रममा दलित समुदायका नेता नन्द बिक,दलित महिला संघकि अध्यक्ष निर्मला सुनार,रेडियो प्रतिबोधका अध्यक्ष बुध बहादुर सुनार,श्रमजीवि दलित महिला सहकारीकी अध्यक्ष शितला परियार,नगरका दलित महिला सदस्यहरु र प्रदेश नं ५ कि सांसद पार्वती पुन उषा लगायतको उपस्थिति रहेको दलित नेतृ तुलसी सुनारले बताईन् ।

प्रतिक्रिया दिनुहोस