२०८३ कार्तिक २ || 18 Oct 2026, Sunday

नेपालले १ हजार १ वरीयता अंक

फिफाको वरीयतामा नेपाल एक स्थान तल

दक्षिण एसियामा नेपालको वरीयता तेस्रो स्थानमा
फिफाको वरीयतामा नेपाल एक स्थान तल

 

फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार जारी गरेको वरीयतामा नेपाल एक स्थान तल झरेको छ । नयाँ वरीयताअनुसार नेपाल समग्रमा १ सय ६२औं स्थानमा छ । गत महिना नेपाल १ सय ६१औँ स्थानमा थियो । दक्षिण एसिया भारत शीर्ष स्थानमै छ । विश्वमा भारत ९७औँ स्थानमा रहेको फिफाले जनाएको छ । दक्षिण एसियामा नेपालको वरीयता तेस्रो स्थानमा छ । नेपालझैँ माल्दिभ्स पनि एक स्थान ओरालो लागेको छ । माल्दिभ्स १ सय ५२औँ स्थानमा छ । नेपालले १ हजार १ वरीयता अंक पाएको छ ।

श्रीलंका पुछारमा
फिफा वरीयतामा दक्षिण एसियाली राष्ट्र श्रीलंका सबैभन्दा पुछारमा छ । श्रीलंका २ सय १ स्थानमा छ । श्रीलंकाभन्दा एक स्थानमाथि पाकिस्तान रहेको
छ । श्रीलंकाले सबैभन्दा कम ८ सय ८६ वरीयता अंक प्राप्त गरेको छ । यसैगरी बंगलादेश ९ सय ७ अंकका साथ १ सय ९२औँ स्थानमा छ । एसियाली राष्ट्रमा इरान शीर्ष स्थानमा छ ।

बेल्जियम शीर्ष स्थानमा
बेल्जियम फिफा वरीयताको शीर्ष स्थानमा छ । बेल्जियमले १७ सय २७ अंक बटुेलेको छ । विश्व च्याम्पियन फ्रान्स १७ सय २६ अंकका साथ दोस्रो स्थानमा छ । वेल्जियम र फ्रान्सबीच केवल एक अंकको अन्तर छ ।

प्रतिक्रिया दिनुहोस