२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

कर्णाली प्रदेश

दुई महिनासम्म झारफुक

no-image

अन्धविशवासका कारण हुम्ला जिल्लाको सिमकोट गाउँपालिका, ७ की ४० वर्षीय सिरु छत्यालको स्वास्थ्य जटिल बनेको छ । शरीर चिलाउने समस्या भएपछि धाँमीझाँक्री लगार्इ झारफुक गर्दै आएकी उनको स्वास्थ्य जटिल बनेको हो । दुई महिनासम्म झारफुक गराउँदा ठिक नभएपछि उनलाई अस्पताल लगिएको थियो ।

जिल्ला अस्पताल हुम्लाका डाक्टर टर्सी अंजोक लामाका अनुसार छत्याललार्इ एलर्जी हुँदा बेवास्ता गरिएकाले समस्या भएको बताएका छन् । उनले भने, ‘यो एक प्रकारको एल्जीको सिन्डोम नामक छाला समस्या हो ।’

स्वास्थ्य अवस्था जटिल भएपछि छत्यालको शरीरको नशा नदेखिने र सुई लगाउनसमेत गाह्रो भएकाले उपचारका लागि राम्रो अस्पताल नै लैजानु पर्ने डाक्टर लामाले बताए ।

गाउँमा झारफुक गर्दा ठिक नभएपछि जिल्ला अस्पताल ल्याएको उनका श्रीमान गणेशले बताए । ‘देउता लागेको भनेर गाउँमा दुर्इ महिनासम्म झारफुक गयौँ,’ उनले भने, ‘सन्चो नभएपछि अस्पताल ल्याएयौँ ।’

आमालाई बिरामी लागेपछि बच्चालाई समेत यो रोगको संक्रमणले छोएको छ । गणेशले जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि जिल्ला बाहिर लैजान पैसा नभएकाले उपचार गराउनुभन्दा घर फिर्ता लैजानु पर्ने अवस्था आएको बताए । ‘घरमा ६ छोराछोरी छन,’ उनले भने, ‘घर खर्च चलाउन तिब्बतको ताक्लाकोटमा मजदुरी गर्दै थिएँ । अब थप उपचार गराउने सामर्थ्य छैन् ।

प्रतिक्रिया दिनुहोस