नेपाल तेक्वान्दो संघ बाकेको स्वागत कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ।बुधबार सम्पन्न कार्यक्रम सगै बसेको बैठकले उपाध्यक्षमा मोहन वली र सहसचिवमा चुडामणि शर्मा लाई मनोयन गरेको तेक्वान्दो संघ बाकेको सचिव प्रकाश लामिछानेले बताए ।सचिव लामिछानेका अनुसार जंगविर चौधरीको संयोजकत्वमा लक्ष्मी थापा,श्याम भट्टराई रहेको ३ सदस्यीय ग्रेडिङ कमिटि चयन गरेको छ । स्वागत कार्यक्रमका प्रमुख अथिति गोर्खा युनाइटेड पब्लिक स्कुलका प्रमुख केशर ब. आलेले खेलकुद अब आय आर्जनको स्रोत बनेको भन्दै स्वास्थ्य र आर्थिक आर्जनका हिसाबले तेक्वान्दाको बिकास गर्न सुझाव दिए। तेक्वान्दो संघका केन्द्रिय सदस्य श्रीमान थापा,५नं प्रदेश उपाध्यक्ष बिमला भण्डारी,कानुनविद जगतजंग बुढाथोकी लगायतले शुभकामना मन्तव्य राख्दै कोहलपुरका समग्र बिकासका लागि खेलाडीले योगदान दिनुपर्नेमा जोड दिए। अध्यक्ष नेत्र ब. थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोहलपुरका तेक्वान्दो खेलाडीको बाक्लो उपस्थिति थियो ।
उपाध्यक्षमा मोहन वली र सहसचिवमा चुडामणि शर्मा लाई मनोयन
