बाँके बहिरा संघको आयोजनामा अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस तथा बहिरा सप्ताह कार्यक्रमको अवसरमा कोहलपुरमा र्याली तथा कोणसभा सम्पन्न भएको छ ।कोहलपुरको चौराह बाट शुरु भई बजारको पिपलचौतारा पुगि दशबिगाहमा कोण सभामा समापन गरिने उक्त र्यालीमा सांकेतिक भाषामा शिक्षा पाउने मौलिक हक कार्यान्वयन गर,सांकेतिक भाषा सिकौ,बहिराको साथी बनौ जस्ता प्लेकार्ड बोकेका बिधार्थीहरुको सहभागिता देखिन्छ। बाँकेमा २हजार ८सय बहिरा छन् त्यस मध्ये सांकेतिक भाषा सिकेका ३ सय मात्र रहेको दोभाषे सपना अधिकारीले बताईन् ।र्यालीमा होटल व्यवसायी संघ बाकेका अध्यक्ष बलराम भट्टराई,कोहलपुर नगरपालिका वडा ११ का अध्यक्ष कर्ण ब। थापा,नेकपाका नेता घननाथ खनाल,बैजनाथ गाउपालिका अध्यक्ष मान ब।रुचालको उपस्थिति थियो ।राष्ट्रिय बहिरा महासंघका केन्द्रिय सचिव सन्तोष के।सीले असोज २९,२०७४मा अपांगता अधिकार ऐन प्रमाणिकरण भईसकेको र नियमावली बन्ने चरणमा रहेको बताए ।बाके बहिरा संघका सचिव उमेश आचार्यले नीजि तथा सरकारी कार्यालयमा दोभाषेको व्यवस्था गर्न माग गरे ।बाँकेकि दिवंगत पत्रकार अनुपा राजवंशीकि आमा तथा बहिरा अभिभावक संघ बाके कि अध्यक्ष कुन्ता राजवंशीले उच्च शिक्षा अध्ययनको व्यवस्था गर्न स्थानिय सरकार सँग माग गरिन्।
मौलिक हक कार्यान्वयन गर,सांकेतिक भाषा सिकौ,बहिराको साथी बनौ
