२०८३ आश्विन ३० || 16 Oct 2026, Friday

यदी कांग्रेसले पार्टीमा निष्ठालाई पूँजी मान्नेहरूलाई महत्व दिएको भए,म पनि कांग्रेस हुन्थेँ होला : रास्वपा सभापति रवि लामिछाने

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाण्डौँको खुलामञ्चमा उदघाटन

नेपाली कांग्रेस सफल हुदा शेर बहादुर दाई,गिरिजा प्रसाद,सुशिल कोइराला,विपि कोइराला,गणेशमानसिंह श्रेष्ठ र कृष्णप्रसाद भट्टराईहरुको सम्मान हुने : सभापति गगन थापा
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाण्डौँको खुलामञ्चमा उदघाटन

असोज १८ गते २०८३ / निराजन वि.क
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाण्डौँको खुलामञ्चमा उदघाटन भएको छ ।
सभापति गगन थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक भएकाले महाधिवेशन खुलामञ्चमा उदघाटन गरिएको बताउनु भयो । उहाँले निवर्तमान सभापति शेर बहादुर देउवा लाई स्मरण गर्दै नेपाली कांग्रेस सफल हुदा शेर बहादुर दाई,गिरिजा प्रसाद,सुशिल कोइराला,विपि कोइराला,गणेशमानसिंह श्रेष्ठ र कृष्णप्रसाद भट्टराईहरुको सम्मान हुने दावी गर्नु भयो ।

उक्त उदघाटन शत्रमा शुभकामना मन्तव्य राख्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुर्वप्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति गगन थापा र रास्वपा सभापति रवि लामिछाने सचेत राजनीतिज्ञ भएको विश्लेषण गर्दै उहाँहरु दुवै सँग दुवैको नेतृत्व गरि सरकार चलाउदा दुवै लाई माया र सम्मान गरेको बताउनु भयो । प्रचण्डले गगन थापा र रवि लामिछानेहरुले निरन्तरतामा क्रमभंगता गर्नुपर्ने बताउनु भयो । उहाँले शान्ति र क्रान्तिको अनुभव सुनाउदै देश र जनताका सुख शान्ति र समृद्धिका लागि नेतृत्वले जोखिम मोल्न तयार हुनुपर्ने बताउनु भयो ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै रास्वपा सभापति तथा पुर्वउपप्रधानमन्त्री रवि लामिछानेले यदी कांग्रेसले पार्टीमा निष्ठालाई पूँजी मान्नेहरूलाई महत्व दिएको भए, न कि भौतिक पूँजी भएकाहरूलाई महत्व नदिएको भए म पनि कांग्रेस हुन्थेँ होला भनि कांग्रेस राजनीति प्रति कटाक्ष गर्नुभएको छ। उहाँले कांग्रेसले दूरदराजको पिछडिएको क्षेत्रको मान्छेलाई समानुपातिक भनिरहँदा सबैभन्दा अगाडि र सबैभन्दा अवसर पाएका मान्छेलाई टिकट वितरणमा प्राथमिकता नदिएको भए म पनि कांग्रेस हुन्थेँ होला भन्दै टिकट वितरणमा कांग्रेसले गरेका कमजोरीहरुमा प्रहार गर्नु भएको छ। सभापति लामिछानेले देशका सवालमा सम्पुर्ण राजनीतिक दलहरु मिलेर अगाडि बढ्नु पर्ने भन्दै बलियो कांग्रेस निर्माणको शुभकामना दिनु भएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस लाई १५ औँ महाधिवेशन लाई शुभकामना दिदै सरकारले सबै प्रकारका राष्ट्रिय मुद्दामा सरकारले संवाद गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।उहाँले ‘देशको अस्मिता, सार्वभौम सत्ताको लागि नेपालका राजनीतिक दलहरू, राष्ट्रियताको पक्षमा एक ठाउँमा उभिनुपर्ने अवस्था उत्पन्न भएको बताउनु भयो ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको चर्चा गर्नुभएको छ । उहाँले तिव्रतर आर्थिक विकासका लागि राजनीतिक स्थिरता चाहिने भन्दै यसका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली बलियो विकल्प हुन सक्ने व्याख्या गर्नु भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्न सक्ने आफूलाई विश्वास रहेको बताउनु भयो ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै चौधरीले गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका थापाले अब देश निर्माणमा पनि नेतृत्वदायी भूमिका खेल्ने विश्वास सहितको शुभकामना दिनु भयो ।

श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाका भरमा नभई लामो संघर्ष र त्यागबाट स्थापित भएको पार्टी भएको बताउनु भएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नु भयो।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन लाई छिमेकी देशहरु चीन,भारत,बंगलादेश,स्पेन लगायतका देशहरुले शुभकामना दिएको उपसभाति विश्वप्रकाश शर्माले बताउनु भयो ।उहाँले जलवायु परिवर्तनले नेपालमा पारिरहेको असर, मधेस आन्दोलनले उठाएका सवाल तथा जेनेजी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्नेमा कांग्रेस सचेत रहेको बताउनु भयो।

१५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उपसभापति शर्माले देशभित्र र देशबाहिर रहेका नेपालीलाई जोड्ने गरी राज्यले नीति बनाउनुपर्ने भन्दै विदेशमा रहेका नेपालीको नागरिकता, लगानी र अधिकारका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सरकारसँग माग गर्नु भयो ।उहाँले मुलुकलाई सफल बनाउन आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस