कोहलपुर नगरपालिका वडा नं १ को मुख्य प्रायोजन, एभरेष्ट स्पोर्टस क्लब कौशिलानगरको आयोजनामा वडाध्यक्ष खुल्ला फुटबल खेल प्रतियोगिता कौशिलानगरको खेल मैदानमा बिहिबार बाट शुरु भएको छ ।उक्त प्रतियोगिताको उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट ब. रावतले वडा नं १ ले युवा शसक्तिकरण मै प्रभाव पार्ने र नमुना कामको थालनी भन्दै एभरेष्ट स्पोर्टस् क्लब कौशिलानगर र वडासमिति परिवारको खुलेरै प्रशंसा गरे ।कानुनविद् जगतजंग बुढाथोकी,होटल व्यवसायी संघका अध्यक्ष बलराम भट्टराई,मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष खेमराज शर्माले खेलले युवा लाई स्वस्थ र रचानात्मक बनाउनुका साथै देश भित्र र बाहिर कोहलपुर चिनाउन योगदान पुग्ने भएकाले कोहलपुर नगरका सबै वडाले खेलकुदमा लगानी गर्नुपर्नेमा जोड दिए ।
प्रथम वडाध्यक्ष खुल्ला फुटबल प्रतियोगिता लाई सम्बोधन गर्दै वडाध्यक्ष गोपी खनालले हरेक वर्ष फुटबल खेलको बजेट बृद्धि गर्दै लैजाने घोषणा गरे। एभरेष्ट स्पोर्टस क्लब कौशिलानगरका अध्यक्ष महेश थापाले प्रतियोगितामा १२टिम सहभागी भएको जानकारी दिए ।फुटबल प्रतियोगितामा कोहलपुर ८ पिपरि ,युवा एकता क्लब,रेसिगं सहारा क्लब,न्यु सिटि क्लब बिकासनगर,बागेश्वरी युवा क्लब,हरि स्पोर्टस क्लब खजुरा,नमस्ते स्पोर्टस् क्लब नेपालगंज,सिद्धार्थ स्पोर्टस क्लब कोहलपुर र आयोजक एभरेष्ट युथ स्पोर्टस क्लब कौशिलानगरका ए,बि र सि गरि ३ टिम कुल १२ टिमको सहभागी छन् ।प्रतियोगितामा प्रथम हुनेले ३० हजार र ट्रफी र दोस्रो हुनेले १५ हजार र ट्रफी पाउने आयोजकले बताएका छन् ।यस पटक उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडी पनि सम्मानित हुने रुद्र खनालले जानकारी दिए ।

आज सम्पन्न पहिलो चरणको खेलमा न्यु सिटि क्लब बिकासनगरलाई ५– ० अन्तरले हराउदै आयोजक एभरेष्ट युथ स्पोर्टस क्लब ए टिम विजयी भएको जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।शुक्रबार दिनको २ः३० बजे नमस्ते स्पोर्टस रकोहलपुर ८ पिपरिका बिच पहिलो खेल र३ः३० बजे बाट सिद्धार्थ युथ स्पोर्टस र युवा एकता क्लब बिच दोस्रो खेल हुने आयोजक टिमका अध्यक्ष महेश थापाले जानकारी दिए ।असोज १८ देखि शुरु भएको उक्त प्रथम वडाध्यक्ष खुल्ला फुटबल प्रतियोगिता असोज २५सम्म हुने आयोजक संस्थाले जनाएको छ ।
