२०८३ कार्तिक १ || 17 Oct 2026, Saturday

यू-१९ च्याम्पियनसिप छनोट

थाइल्याण्डमा जारी एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गतनेपालले भारतमाथि २-० गोलले हरायो

रेखालेनै खेलको अन्तिम २ मिनेटमा नेपालको अग्रता दोब्बर पार्दै जित निश्चित गरिन्।
थाइल्याण्डमा जारी एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गतनेपालले भारतमाथि २-० गोलले हरायो

थाइल्याण्डमा जारी एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले भारतलाई २-० गोलले हराएको छ।

शुक्रबार थाइल्याण्डस्थित चोनबुरी रंगशालामा भएको खेलमा नेपालको सानदार जित निकाल्ने क्रममा रेखा पौडेल एक्लैले दुई गोल गरिन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५९ औं मिनेटमा रेखाले नेपाललाई अग्रता दिलाइन्।

रेखालेनै खेलको अन्तिम २ मिनेटमा नेपालको अग्रता दोब्बर पार्दै जित निश्चित गरिन्।

दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा नेपालले भारतमाथि सानदार जित निकालेको हो।

यो जितसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस