२०८३ कार्तिक १ || 17 Oct 2026, Saturday

फुटपात खाली गर्न गर्याउन अपिल

कोहलपुर चौराह फुटपातमा अतिक्रमण स्वास्थ्यका हिसाबले हानिकारक:अध्यक्ष कर्ण बहादुर थापा

कोहलपुर नगरपालिका वडा नं ११ को पुर्ण सरसफाई समिति गठन :संयोजक छविलाल भट्टराई
कोहलपुर चौराह फुटपातमा अतिक्रमण स्वास्थ्यका हिसाबले हानिकारक:अध्यक्ष कर्ण बहादुर थापा

कोहलपुर नगरपालिका वडा नं ११ को पुर्ण सरसफाई समिति गठनको बैठक सम्पन्न भएको छ। वडा नं ११ का सदस्य छविलाल भट्टराईको संयोजकत्वमा कोहलपुर ईलाका प्रहरी कार्यालय,ट्राफिक प्रहरी कार्यालय,उद्योग वाणिज्य संघ,होटल व्यवसायी संघ,नागरिक समाजका प्रतिनिधि र पत्रकारका प्रतिनिधि समेत रहेको कोहलपुर ११ पुर्ण सरसफाई समिति गठन गरेको छ। सोमबार वडा कार्यालयमा सम्पन्न भेलाले अतिक्रमित सडक पेटी हटाउने,पसल दोकान,होटल र उद्योगहरु बाट निस्कने फोहोर व्यवस्थापनका लागि घरदैलो गर्ने र नटेरे जरिवाना लगाउने निर्णय भएको संयोजक छविलाल भट्टराईले जानकारी दिए ।

छलफलमा सहभागी शंकर न्यौपाने,चण्डी प्रसाद गैरे,मोहन चापागाई,सुर्य ब. पछाई,हुमकला गिरि,हरि पौडेल,हरेराम हरिजन, समाजसेवी शेषकान्त चापागाई,होटल व्यवसायी संघ बाँकेका अध्यक्ष बलराम भट्टराई,कोहलपुर वडा नं ११ का सचिव मणिराम रिमाल,उद्योग वाणिज्य संघ प्रदेश नं ५ का सदस्य नरेन्द्र प्रसाद शर्माले सरसफाई सबैका लागी स्वस्थ जिवनका लागि भएकाले पुर्ण सरसफाई वडा निमार्णमा निर्धक्क लाग्न जनप्रतिनिधिलाई आग्रह गरे।भेला का प्रमुख अतिथि अध्यक्ष कर्ण बहादुर थापाले घरआगन,गल्ली चोक र सडकपेटीको सदुपयोग गर्न जनता सँग अपिल गरे। कुहिने फोहोर बारीमा र नकुहिने फोहोर बाल्टीमा राख्न र फोहोर जथाभावी नफ्याक्न सम्पुर्ण वडावासी लाई सुचित गरिदिन आग्रह गरे।कोहलपुर चौराहमा फुटपातमा अतिक्रमण गरेर व्यापार गर्न स्वास्थ्यका हिसाबले हानिकारक र कानुन अनुसार दण्डनीय भएकाले व्यापार व्यवसायलाई व्यवस्थित गर्न फुटपात खाली गर्न गर्याउन सहयोगका लागि आव्हान गरे।अबका दिनहरु सरसफाई हाम्रो जिवनका लागि भन्ने सोचका साथ वडावासी एकजुट भएर अघि बढ्ने भन्दै अध्यक्ष कर्ण ब. थापाले जनतालाई जागरुक हुन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस