कार्तिक १४ र १५ गते देशैभरका ६ महिना देखी ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका जुकाको औषधि खुवाइदैछ।कोहलपुर नगरपालिकाका ४७ वटा बुथ केन्द्र मार्फत ५२ जना स्वंयसेविकाले बुधबार भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाएका छन् । कोहलपुर नगरपालिकाका १४ र १५ वडामा ८ वटा बुथ केन्द्र मार्फत ८ स्वंयसेविकाले औषधी खुवाएको निमित्त ईन्चार्ज राधिका गैरेले जानकारी दिइन् ।, १देखि ६ वडामा २० बुथ केन्द्र मार्फत २० जना स्वंयसेविकाले औषधी खुवाएको ईन्चार्ज देवेन्द्र के.सीले बताए ।यसै गरि वडा नं ७ देखि १३ सम्म ३४ जना स्वंयसेवकले १९ वटा बुथ केन्द्र मार्फत औषधी खुवाएको ईन्चार्ज अनिल सेन ठकुरीले जानकारी दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले उक्त उमेरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सवैलाई आग्रह गरेकोर यो राष्ट्रिय कार्यक्रम भएको नगर स्वास्थ्य शाखा कोहलपुरका प्रमुख धन रेग्मीले बताए ।
एक वर्र्र्र्षदेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई समेत निःशुल्क जुकाको औषधि खुवाइउनुका साथै ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुको पोषणस्थिति थाहा पाउन पाखुराको नाप समेत लिइने गरेको धन रेग्मीले स्पष्ट पारे ।
६ महिना देखी २३ महिनाका बालबालिकाका लागि सुक्ष्म पोषण थाहा पाउन बालभिटा वितरण गरिने राष्ट्रिय कार्यक्रम भएतापनि बाँके जिल्लामा यो कार्यक्रम लागु नभएको कविराज निरिक्षक गौरीशंकर मण्डलले खुलासा गरे । राष्ट्रिय अभियान कार्यक्रम बिहिबार पनि जारी रहने नगर स्वास्थ्य शाखाले जनाएको छ।
