२०८३ कार्तिक १ || 17 Oct 2026, Saturday

सुनौलो हजार दिन आमा लक्षित

ठाकुरबाबा नगरपालिकाको  पेरहनीमा स्वास्थ्य केन्द्रको स्थापना

स्थानियहरुलाई घरआँगनमै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य
ठाकुरबाबा नगरपालिकाको  पेरहनीमा स्वास्थ्य केन्द्रको स्थापना

नगरपालिकाले गर्भवती महिलाहरुलाई आन्तरिक स्रोतबाट रु. १,०००र– नगदै उपलब्ध गराउने भएको छ । सुनौलो हजार दिनका आमाहरुलाई लक्षित गरि विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने नगरपालिकाले जनाएको छ । ठाकुरबाबा नगरपालिका–२,  पेरहनीमा स्वास्थ्य केन्द्रको स्थापना भएको छ । एक कार्यक्रमका बिच नगरप्रमुख घननारायण श्रेष्ठले स्वास्थ्य केन्द्रको उद्घाटन गरेका  हुन् । स्थानियहरुलाई घरआँगनमै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य केन्द्रको स्थापना गरिएको हो । स्वास्थ्य केन्द्रको स्थापनाका लागी वडा नं. २ को कार्यालयले यस आर्थिक वर्षमा २ लाख २५ हजार रुपैयाँ बजेट छुट्याएको वडा नं. २ का वडा अध्यक्ष हरिराम थारुले  बताए । ठाकुरबाबा नगरपालिका शहरी स्वास्थ्य केन्द्र, पेरहनीको उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठ ।पेरहनी लगायतका गाउँका स्थानियहरु बिरामी हुँदा ओराही तरेर उपचारका लागी भुरीगाउँ जान बाध्य थिए । पेरहनीमा स्वास्थ्य केन्द्रको स्थापना भए संगै उपचारका लागि भुरिगाउँ जाने स्थानियहरुलाई सहज भएको छ । स्वास्थ्य केन्द्रको उद्घाटन भए संगै स्वास्थ्य केन्द्रबाट उपचार सेवा सुरु भएको छ । नगरपालिका भित्रका स्वास्थ्य संस्थामा पाईने औषधीहरु अब स्थानियले स्वास्थ्य केन्द्रबाटै लिन सक्ने वडा अध्यक्ष थारुले जानकारी दिए । नगरपालिका भित्र हाल ४ वटा वडाहरुमा स्वास्थ्य संस्था संचालनमा रहेका छन्, भने अन्य वडाहरुमा शहरी स्वास्थ्य क्लिनिक संचालनको तयारी भई नगरपालिकाको कार्यालयले जनाएको छ । स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने औषधिहरुको खरिदका लागी नगरपालिकाको आन्तरिक स्रोतबाट २० लाख रुपैयाँ छुट्याएर खरिदको प्रक्रिया अघि बढाईएको नगरप्रमुख घननारायण श्रेष्ठले बर्दिया अनलाईन संगको कुराकानीमा बताए ।यस्तै नगरपालिकाले गर्भवती महिलाहरुलाई आन्तरिक स्रोतबाट पहिलो पटकको जाँचमा रु. ५००र– र चौँथो पटकको जाँचमा रु. ५००र– गरि रु. १,०००र– नगदै उपलब्ध गराउने भएको छ । सुनौलो हजार दिनका आमाहरुलाई लक्षित गरि विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने नगरपालिकाको कार्यालय सैनवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस