२०८३ कार्तिक १ || 17 Oct 2026, Saturday

कोहलपुरमै आश्रमको खाँचो

स्वामी विवेकानन्द आज बाकेको नेपालगञ्जमा आईतबार कोहलपुर  आउने

बाटामा भेट्दा खाना खुवाउने,पुराना कपडा बाड्छ तर घर लिएर परिवारको सदस्य बनाउन कसैले चाहदैन्,किन ?:विजय कुमार गुप्ता
स्वामी विवेकानन्द आज बाकेको नेपालगञ्जमा आईतबार कोहलपुर  आउने

असहाय,अशक्त तथा जेष्ठ नागरिक केन्द्र कोहलपुर द्धारा बिहिबार आयोजित पत्रकार सम्मेलन मार्फत स्वामी विवेकानन्द कार्तिक १९ गते कोहलपुरमा आउने पुर्व जानकारी सार्वजनिक भएको हो ।पत्रकार सम्मेलनका प्रमुख अतिथि निलसागर आश्रमका प्रमुख अभिभावक विजय कुमार गुप्ताले“स्थानिय सरकारले छाडा पशु चौपायको व्यवस्थापनमा बजेटको व्यवस्था गर्दा बेसहारा र अलपत्र नागरिकका लागि बजेट व्यवस्था किन गरेन? बाटामा भेट्दा खाना खुवाउने,पुराना कपडा बाड्छ तर घर लिएर परिवारको सदस्य बनाउन कसैले चाहदैन्,किन ?किन   मान्छे सँग मान्छे तर्सन्छ भन्दै एकअर्काका लागि सहारा बन्न र माया गर्नु मान्छेको पहिलो दायित्व भएको दाबी गरे ।

कार्यक्रम कि अतिथि तथा निलसागर बाँके कि अध्यक्ष सरिता खनालले आश्रममा ८० जना बृद्धबृद्धा र बालबालिकालाई सहारा दिईरहेको र बिद्यालय समेत पठाउने गरेको सुनाईन ।धेरै अलपत्रहरु कोहलपुर बाट नेपालगञ्ज पुग्ने गरेको भन्दै कोहलपुरमै आश्रमको खाँचो रहेको औल्याईन ।मनोक्रान्ति योद्धा तथा निलहिरा कोहलपुर कि प्रमुख अन्जु न्यौपानेले शाखा कार्यालय को लागि घर खोज्दा घर नपाएको गुनासो गरिन् । मनोक्रान्ती आफैलाई बदल्ने क्रान्ति भएको दावी गरिन् ।स्वामी विवेकानन्दले शान्ति र आत्मनिर्भरताका लागि थुप्रै काम गरे पनि राज्यको साथ र सहयोग नपाएको चर्चा गरिन् ।स्वामी विवेकानन्द को १५र १६ गते नेपालगन्जको बागेश्वरी मन्दिर परिसर,१७ र १८ गते भारतको बहराईचमा र १९ गते बिहान नेपालगञ्जमा र दिउसो कोहलपुरको मेडिकल कलेजमा कार्यक्रम रहेको निलहिरा का उपाध्यक्ष अमन सुवेदीले जानकारी दिए । लाखौंको संख्यामा भक्तजनहरु रहेका स्वामी विवेकानन्द निराश भएका ,डिप्रेशनमा परेकाहरुको अचुक औषधी रहेको भन्दै कार्यक्रममा सहभागी बन्न सफल हुन आफैले आफै लाई चिन्न कोहलपुरमा स्वामी विवेकानन्द भेट्न मनोक्रान्ति बाँके अध्यक्ष अमन सुवेदीले आव्हान गरे ।

प्रतिक्रिया दिनुहोस