२०८३ आश्विन ३० || 16 Oct 2026, Friday

५ करोड ४४ लाख रुपैया लगानी

तरकारी संकलन केन्द्रको प्रमुख अतिथि बैजनाथ गाउपालिकाका अध्यक्ष मान ब. रुचालले उदघाटन गरे

बैजनाथको बजार विस्तार र उत्पादनको बजारीकरणमा तरकारी संकलन केन्द्रले भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त
तरकारी संकलन केन्द्रको प्रमुख अतिथि बैजनाथ गाउपालिकाका अध्यक्ष मान ब. रुचालले उदघाटन गरे

बैजनाथ गाँउपालिका सम्झना बजार स्थित एभरेष्ट सहकारी संस्थाको ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ। मंगलबार सम्पन्न साधारण सभा सँगै बैजनाथ गाउपालिकाको ६ लाख सहयोगमा निर्मित तरकारी संकलन केन्द्रको प्रमुख अतिथि बैजनाथ गाउपालिकाका अध्यक्ष मान ब. रुचालले उदघाटन गरेका छन् । 

अध्यक्ष रुचालले बैजनाथको बजार विस्तार र उत्पादनको बजारीकरणमा तरकारी संकलन केन्द्रले भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गर्दै एभरेष्ट सहकारीले नमुना काम गरेकोमा प्रशंसा गरेका थिए ।एभरेष्ट सहकारी संस्थाका अध्यक्ष देव ब. के.सीले साधारण सभामा संस्थाको आफ्नै लगानीमा १३ विघामा आलु खेती गरेको र ४३ विघा जग्गा लिजमा लिएर वेमौसमी तरकारी खेती गर्न लागेको जानकारी दिएका छन् । शेयर पूजि ७० लाख रहेको एभरेष्ट सहकारीले ५ करोड ४४ लाख रुपैया लगानी गरेको सहकारी विकास वोर्डका केन्द्रिय सदस्य समेत रहेका देव ब. के.सीले बताए ।साधारण सभालाई पुर्व सिचाई राज्यमन्त्री दल ब. सुनार,सहकारी संघ बाकेका अध्यक्ष प्रेम सुवेदी,बैजनाथ गाउपालिकाकी उपाध्यक्ष शारदा रेग्मी बि.कले सम्बोधन गरेको एभरेष्ट सहकारी संस्थाका कार्यकारी निर्देशक माधव रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस