२०८३ कार्तिक १ || 17 Oct 2026, Saturday

८ वटै वडाहरुमा३८ लाख रकम

बैजनाथमा खानेपानी तथा सरसफाई कार्यक्रमलार्ई निरन्तरता :प्रवक्ता गुमान बहादुर दमाई

बृक्षारोपण सरसफाई , विद्यालय स्तरमा प्याड वितरण,सरसफाईका सामाग्री वितरण जस्ता क्रियाकलाप सम्पन्न गरिएको
बैजनाथमा खानेपानी तथा सरसफाई कार्यक्रमलार्ई निरन्तरता :प्रवक्ता गुमान बहादुर दमाई

स्वच्छता समन्वय समिति बैठक सम्पन्न बैजनाथ गाउँपालिका स्तरीय स्वच्छता समन्वय समितिको बैठक सम्पन्न गरिएको छ । स्वच्छता समन्वयन समिति अन्तगर्त संचालित खानेपानी तथा सरसफाई कार्यक्रमलार्ई निरन्तरता दिने बैजनाथ गाउँपालिका का प्रवक्ता गुमान बहादुर दमाईले जानकारी गराए । आव.०७४ /०७५ मा बैजनाथ गाउँपालिकाले प्रत्येक वडाहरुमा सरसफाई सम्बन्धि विभिन्न कार्यक्रम संचालन गरेको थियो । वडा स्तरमा खानेपानी तथा सरसफाई समिति गठन गरि विभिन्न कार्यक्रम संचालन भएका थिए । खानेपानी तथा सरसफाई अन्तगर्त बैजनाथ गाउँपालिकाका वडाहरुमा र गाउँपालिका स्तरमा बृक्षारोपण सरसफाई , विद्यालय स्तरमा प्याड वितरण,सरसफाईका सामाग्री वितरण जस्ता क्रियाकलाप सम्पन्न गरिएको बैजनाथ खानेपानी तथा सरसफाई समिति सहजकर्ता जनक बहादुर रावतले जानकारी गराए । यसै गरी शुक्रबार पालिका स्तरीय स्वच्छता समन्वयन समिति बैठकले कार्यक्रमलाई निरन्तर संचालन गर्ने निर्णय गरेको छ ।समितिकोे बैठक बाट आव.०७५/०७६ लागि ११ लाख ५६ हजार ३ सय बैजनाथ गाउँपालिका स्तरमा खर्च हुने लक्ष्य राखिएको छ । बैजनाथ गाउँपालिका ८ वटै वडाहरुमा३८ लाख रकम खानेपानी तथा सरसफाई सम्बन्धित सामाग्री वितरण बृक्षारोपण , तालिम लगायतका क्षेत्रमा खर्च गरिने बैजनाथ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र बहादुर माझीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस