कोहलपुर नगरपालिकामा स्वास्थ्य विमा कार्यक्रम शुरु भएको छ । आईतबार कोहलपुर नगरपालिकामा सम्पन्न सरोकारवालाहरुको भेलाले कोहलपुर नगरपालिकाका प्रमुख लुट ब. रावतको संयोकत्वमा ७ सदस्यीय स्थानिय तहमा स्वास्थ्य सुरक्षा संयोजन समिति गठन भएको छ । व्यक्ति,समुदाय र सरकारको संलग्नता रहेको स्वास्थ्य विमा कार्यक्रम साझेदारी कार्यक्रम भएको कोहलपुर नगरपालिकाका प्रमुख लुट ब. रावतले बताए ।वि.स २०७२ सालमा कैलाली जिल्ला बाट शुरु भएको यो कार्यक्रम देशका ३६ जिल्लामा सफलतापुर्वक कार्यान्वयन भईरहेको छ । पछिल्लो चरणमा थप भएका ६ जिल्लामा बाँके पनि परेको र बाँकेका ८१ वटै वडामा स्वास्थ्य बिमा कार्यक्रम मार्फत आम जनताको स्वस्थ रहन पाउने अधिकारको सुरक्षा गरिने कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख धन प्रसाद रेग्मीले बताए ।स्वास्थ्य विमा कार्यक्रमका कर्णाली प्रदेशका संयोजक अर्जुन पण्डितले सरोकारवाला र जनप्रतिनिधि सँग प्रशिक्षाणात्मक अन्तरकृयाका माध्यम बाट स्वास्थ्य सुरक्षा समितिको गठन पछि कोहलपुर नगरपालिका भित्रका स्वास्थ्यकर्मीहरु लाई पनि प्रशिक्षित गरेका छन्। ५ जना सम्मको परिवारले रु २५ सय तिरेर स्वास्थ्य विमा गर्न सकिने र स्वास्थ्य विमकहरु घरदैलोमै आएर विमा फाराम भरिदिने नगर स्वास्थ्य शाखाले जनाएको छ ।५ सदस्य भन्दा बढी परिवार सदस्य भए थप ४ सय २५का दरले विमा रकम थपिने नगर स्वास्थ्य शाखाका सहसंयोजक विद्यासागर मैनालीले बताए ।स्वास्थ्य विमा कार्यक्रममा सहभागीले रु ५० हजार सम्मको औषधी उपचार सहायता पाउने कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद देवकोटाले जानकारी दिए ।
बाँकेका ८१ वटै वडामा स्वास्थ्य बिमा कार्यक्रम
