२०८३ कार्तिक १ || 17 Oct 2026, Saturday

श्रोत नक्साङ्कन निर्माण

सबै का लागि शिक्षा को अवधारणा तथा बाल विवाह न्यूनिकरण गर्ने लक्ष्य कार्यक्रम:उपाध्यक्ष शारदा रेग्मी विक

विपन्न बालबालिका संरक्षणका लागि ६६१ वटा निवेदन वडा मा: अध्यक्ष मन ब. खत्री
सबै का लागि शिक्षा को अवधारणा तथा बाल विवाह न्यूनिकरण गर्ने लक्ष्य कार्यक्रम:उपाध्यक्ष शारदा रेग्मी विक

बैजनाथ गाउँपालिकामा वालिका संरक्षण समितिले पालिका स्तरीय सरोकारवाला निकाय सँग परार्मश गरेको छ । बैजनाथ गाउँपालिका स्तरमा बालबालिका क्षेत्रमा काम गर्दै आएका गैर सरकारी संस्था तथा स्थानीय जनप्रतिनिधिहरु सँग श्रोत नक्साङ्कन सम्बन्धि अभिमुखीकरण गरेको हो । बैजनाथ गाउँपालिका उपाध्यक्ष शारादा रेग्मी विकको अध्यक्षतामा उक्त परार्मश गरिएको हो । बैजनाथ गाउँपालिका स्तरमा बाल विवाह न्यूनिकरण गर्ने हेतुले गैर सरकारी सस्थाको ठुलो लगानी छ । अब एकिकृत रुपमा बैजनाथ गाउँपालिका सरकारी तथा गैर सरकारी विच आवश्यक पशर्मशमा थप शशक्त रुपमा कार्ययोजना र श्रोत नक्साङ्कनले सफलता मिल्ने उपाध्यक्ष शारदा रेग्मी विकले बताईन् । कार्यक्रममा बैजनाथ गाउँपालिका वडा ५ का अध्यक्ष मन ब. खत्रीले स्थानीय स्तरमा बाल विवाह न्यूनिकरण तथा अति गरिबीका्े रेखामा रहेका बालबच्चाहरुका आगि वडा स्तरमा आवश्यक बजेट विनियोजन गरेको जानकारी गराए । खत्रीले हाल अति विपन्न बालबालिका संरक्षणका लागि ६६१ वटा निवेदन वडा मा परेको समेत बताए । बैजनाथ गाउँपालिका स्तरमा २ दर्जन भन्दा बढी गैर सरकारी संस्थाले बालबालिकाको क्षेत्रमा काम गरिरहेको पाईएको छ । श्रोत नक्साङ्कन निर्माण लागि शिक्षा, स्वास्थ्य, महिला बालबालिका ईकाइ कार्यालय ,योजना शाखा तथा बैजनाथ गाउँपालिका स्तरमा काम गर्ने गरै सरकारी संस्था रहने व्यवस्था गरिएको छ । वडा स्तरमा वडा स्तरीय बाल संरक्षण समिति निर्माण गरी सबै का लागि शिक्षा को अवधारणा तथा बाल विवाह न्यूनिकरण गर्ने लक्ष्य कार्यक्रमले लिएको छ । अन्तक्रिया कार्यक्रमको सहजीकरण स्याक नेपालले गरेको थियो भने सहयोग प्लान नेपाल र समन्वय बैजनाथ गाउँपालिकाले गरेको होो ।

प्रतिक्रिया दिनुहोस