२०८३ आश्विन २९ || 15 Oct 2026, Thursday

खेलकुद

शहीद स्मारक ए डिभिजन लिग शनिबारदेखि शुरु

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल
शहीद स्मारक ए डिभिजन लिग शनिबारदेखि शुरु

चार वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लिग शनिबारदेखि शुरु हुदैँछ । घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि चार वर्षदेखि स्थगित हुँदै आएको ए डिभिजन लिग शनिबारदेखि शुरु हुन लागेको हो ।

रेलिगेशन नहुने प्रावधानसहित शुरु हुन लागेको लिगमा ए डिभिजनका १४ क्लबले करीब तीन महीना प्रतिस्पर्धा गर्नेछन् । सो प्रतियोगिता आगामी माघ १६ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा शनिबार दिउँसो त्रिभुवन आर्मी क्लब र न्यूरो टिम एनआरटी०बीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजे शुरु हुने लिगका निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस