असार ३१ गते २०८३
असार ३१ गते २०८३ / निराजन वि.क
मंगलबारको सेमिफाइनल खेलमा फ्रान्सलाई २–० ले हराउँदै स्पेन फिफा विश्वकपको फाइनलमा पुगेको छ।
सन् २०१०मा फाइनलमा पुगेको स्पेन १६ बर्षपछि फ्रान्स लाई सेमिफाइनलमा हराउदै फाइनलमा पुगेको हो ।अत्यन्त राम्रो टीम व्यवस्थापन गरेको स्पेनको खेल अगाडि फ्रान्स निरिह झै देखिन्थ्यो ।
खेलको २२औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै स्पेनले अग्रता बनायो। खेलको २० औं मिनेटमा स्पेनका विङ्गर लामिन यमालाई फ्रान्सका खेलाडीले पेनाल्टी बक्स भित्र फाउल गर्दा स्पेनले पेनाल्टी जितेको थियो। स्पेनका लागि स्ट्राइकर मिकेल ओयारजाबालले बिना कुनै गल्ती गोल गरेका हुन्।
पहिलो हाफ पेनाल्टी गोलबाट स्पेनले १-०अग्रता बनायो। दोस्रो हाफको खेलमा पनि साविक उपविजेता फ्रान्सविरुद्ध खेलको ५८ औं मिनेटमा स्पेनले गोल गर्दै अग्रता दोब्बर बनायो। स्पेनका लागि पेड्रो पोरोले गोल गरे। डानी अल्मोको असिस्टमा उनले गोल गरेका हुन्।
बुधबार अर्जेन्टिना र इंल्याण्डबिच दोस्रो सेमिफाइनल हुँदैछ। सो खेलको विजेतासँग स्पेनले फिफा वल्र्ड कप २०२६को उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
