२०८३ भाद्र १० || 26 Aug 2026, Wednesday

२०१० मा स्पेनले दक्षिण अफ्रिकामा पहिलोपटक विश्वकप जितेको

फिफा वल्र्ड कप २०२६ को विश्वविजेता स्पेन

फेर्रान टोरेजले १ सय ६ मिनेटमा गरेको गोलमा स्पेनले उपाधि जितेको हो
फिफा वल्र्ड कप २०२६ को विश्वविजेता स्पेन

साउन ४ गते २०८३

फिफा वल्र्ड कप २०२६ फुटबलको फाइनल खेलमा अर्जेन्टिना लाई १ गोलले पराजित गर्दै स्पेन विश्वकप फुटबलको विश्वविजेता बनेको छ । फेर्रान टोरेजले १ सय ६ मिनेटमा गरेको गोलमा स्पेनले उपाधि जितेको हो । अतिरिक्त समयमा गरेको गोलमा स्पेनले न्यु जर्सीको मेटलाइफ रंगशालामा सोमबार बिहान भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई १–० गोलले पराजित गर्न सफल भएको हो ।

स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो । तर निर्धारित ९० मिनेटमा कुनै गोल हुन सकेको थिएन । अतिरिक्त समयमा धकेलिएको खेलको पहिलो हाफमा पनि कुनै गोल हुन सकेन । निको विलियम्सले दिएको पासमा वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका फेर्रान टोरेजले गोल गरेका थिए ।

स्पेनले यसअघि २०१० मा दक्षिण अफ्रिकामा पहिलोपटक विश्वकप जितेको थियो । दोस्रो हाफको इन्जुरी टाइममा इन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो ।

कप्तान लियोनेल मेसी अधिकांश समय स्पेनको मिडफिल्डको घेराभित्रै रहे । २०२२ को कतारमा भएको पछिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरी उपाधि जितेको थियो ।

यसअघि १९७८, १९८६ र २०२२ को पछिल्लो संस्करणमा विश्वकप जितेको अर्जेन्टिनाले फाइनलमा भोगेको यो चौथो पराजय हो । एएफपी

 

प्रतिक्रिया दिनुहोस