कोहलपुरमा केन्द्रिय कार्यालय रहने गरि घर बहाल उपभोक्ता मञ्च गठन भएको छ।घर धनी,घर बहाल र कर का सम्बन्धमा पछिल्लो चरणमा व्यापारी व्यवसायी र सर्वसाधारण समस्यामा पर्न थालेको भन्दै मञ्च गठन गरिएको नेपाल घर बहाल उपभोक्ता मञ्चका अध्यक्ष मोति मेथोडले जानकारी दिएका छन् । मञ्चको कार्यसमितिमा अध्यक्ष मोति दुगड,उपाध्यक्षमा देवेन्द्र पौडेल,सचिव तिलकसिह कार्की,कोषाध्यक्ष ईन्द्र पौडेल सदस्यहरुमा गोकर्ण अर्याल,अम्मर बिक,होमनाथ पाठक,लोकराज शर्मा र रेखिराम बिक रहेको ९ सदस्यीय कमिटि रहेको छ ।मञ्चले घरभाडा लेनदेन र समस्यामा परेका घरधनी र घरभाडामा बस्नेहरुको न्यायका लायि न्यायिक पहलकदमी र समन्वयको काम गर्ने सचिव तिलकसिंह कार्कीले बताए ।
मुख्य समाचार
