“सक्षम बालिका समृद्ध नेपाल”भन्ने मुल नाराका साथ सातौं अन्तरराष्ट्रिय बालिका दिवसको सन्दर्भमा लक्ष्मी मा.वि बर्दहवाले बिधार्थी लाई पुरस्कार बितरण कार्यक्रम गरेर मनाएको छ ।बालिका दिवसको अवसरमा बिधार्थीले तयार गरेका खेलौना,रोबर्ट समेत प्रदर्शनीमा राखिएको थियो । सातौं बालिका दिवसकै सन्दर्भ पारेर तिज गित प्रतियोगिता२०७५ मा सहभागी बिजेता बिधार्थीहरु लाई कक्षा १देखि१० सम्मका ३२ बिधार्थी लाई प्रथम हुने १२ जना लाई रु५ सय र ट्रफी,दोस्रो हुने१२ जना लाई रु ४ सय र ट्रफी,तेस्रो हुने १२ जना लाई रु ३ सय र ट्रफीले सम्मान तथा पुरस्कृत गरेको छ ।
यसै गरि बिधालयले कक्षा १ देखि ३ का हस्तकला प्रतियोगिता का बिजयी अरुणिमा बम,कृति थारु,सृष्टि खड्का र सरस्वती थारु,कक्षा ४ देखि ५ का चित्रकला प्रतियोगिताका बिजयी भावना कुमाई,अरुण थारु,राजकुमार थारु र,,आयुष थारु,कक्षा ६ देखि ८ बिज्ञान सामाग्री प्रदर्शनीमा विजयी मिन बहादुर चलाउने, मन्जु जैसी,दिलुनाथ योगी र त्रिलोचन उपाध्याय,कक्षा ९ देखि १२ का शैक्षिक सामाग्री प्रदर्शनीमा बिजयी लोक ब. बि.क,पल्लवी अधिकारी,स्मृति सुनार र कृशिना कवर लाई पुरस्कृत गरेको लक्ष्मी माबि का प्रधानअध्यापक बद्रीनाथ सापकोटाले बताए ाप्रमुख अथिति कोहलपुर वडा नं २का अध्यक्ष कर्णसिह बिसिले लक्ष्मी माविले बिधार्थी हक हितमा निरन्तर गतिबिधि गरेर नमुना काम गरेको बताए ।प्रतिभा प्रस्फुटनका माध्यम बाट,अभिभावक सँगको बैठक भेला अन्तरकृयाले शिक्षामा प्रगति गरेको भन्दै अध्यक्ष कर्णसिह बिसिले लक्ष्मी माबि उत्कृष्ट बिधालय भएको बताए ।रुमटुरिडका बाके संयोजक हेम नम्सालले कोहलपुर नगर सरकारले उत्कृष्ट बिधालय लाई बस सहयोग गरेर साना नानीबाबु हरु लाई बिधालय पुर्याउन सहयोग गर्नु पर्ने धारणा राखे ।
