२०८३ कार्तिक १ || 17 Oct 2026, Saturday

५० प्रतिसत साझेदारीमा ४ लाख देखि १० लाख सम्मको प्रस्तावना आव्हान:सुर्य रोकाय

५नं प्रदेश भुमि व्यवस्था ,कृर्षि तथा सहकारी मन्त्रालय यतिबेला किसानका खेत तथा फर्महरुमा

किसानहरुका लागि प्रस्तावना आव्हान गरेको भएपनि आगामी दिनमा साना किसान तथा ठुला उद्यमीहरुका लागि सहयोग कार्यक्रम संञ्चालन
५नं प्रदेश भुमि व्यवस्था ,कृर्षि तथा सहकारी मन्त्रालय यतिबेला किसानका खेत तथा फर्महरुमा

५नं प्रदेश भुमि व्यवस्था ,कृर्षि तथा सहकारी मन्त्रालय यतिबेला किसानका खेत तथा फर्महरुमा पुगेको छ ।मन्त्रालयले किसानका लागि खोलेको अनुदान सहयोग बारे जानकारी दिन मन्त्री आरति पौडेल यतिवेला रुपन्देहि र कपिलबस्तु लगायतका जिल्लामा सक्रिय रहेका बेला मन्त्रिका प्रमुख स्वकिय सचिव सुर्य रोकाय बाँके र बर्दियामा सक्रिय छन । स्वकिय सचिव रोकायले १ हप्ताको अवधिमा बाँके र बर्दियाका १ सय कृर्षि तथा पशुपंक्षि फर्म निरिक्षणमा गर्नुका साथै कृर्षि अनुदान कोषले खोलेको अनुदानका बारेमा जानकारी गराउदै हिडेको बताए । उनले हाल कृर्षि तथा पशु पालनका लागि ५० प्रतिसत साझेदारीमा ४ लाख देखि १० लाख सम्मको प्रस्तावना आव्हानगरेको जानकारी दिए ।
फर्मको अनुगमन र अनुदान रकम बारे जानकारी गराउन आउदा प्रदेश सरकार आफ्नो घर आउँदा प्रदेश सरकार नै आएको जस्तो अनुभव भएको कोहलपुर १४ का गाई पालक किसान लालमणि भण्डारीले बताए । भण्डारीले मन्त्रालयका प्रतिनिधी फर्ममा आएर प्रस्तावना लेखन बारे समेत जानकारी दिदा आफुहरु लाई निकै राहात महसुस भएकोे बताए ।


मन्त्रालयले तरकारी खेति, पशु पालन,मसला खेति ,गर्ने किसानहरुका लागि प्रस्तावना आव्हान गरेको हो । स्वकिय सचिव रोकायले हाल मध्यम स्तरका किसानहरुका लागि प्रस्तावना आव्हान गरेको भएपनि आगामी दिनमा साना किसान तथा ठुला उद्यमीहरुका लागि सहयोग कार्यक्रम संञ्चालन गरिने जानकारी दिए । उनले प्रदेस स्तरीय निर्वाचन क्षेत्रमा प्रदेश स्मार्ट कृर्षि गाँउ बनाउने योजना रहेको समेत जानकारी दिए । उनले कृषक संग सोझै पहुच स्थापित गर्न आफुहरु किसानका घर घर पुगेको उनले बताए ।

रोकायले कोहलपुरको लोकनगर लागायतका स्थानमा बासोवास गर्ने ४जिल्लाका मुक्त कमैया हरुका लागि २ करोड रकम छुट्टाईएको जानकारी दिए । उनले कपिलबस्तुमा आप खेति तथा रुकुम ,रोल्पा ,अर्घाखाची ,प्युठान जिल्ला लाई अर्गानिक जिल्ला बनाउने योजना रहेको जनाए । कृषि अनुदानको म्याद असोजको २६ गते सम्म मात्र रहेकाले फर्म समय भित्रै भरेर जिल्ला स्थित कृषि ज्ञान केन्द्र मा बुझाउन स्वकिय सचिव सुर्य रोकायले जानकारी दिए ा

प्रतिक्रिया दिनुहोस