२०८३ आश्विन २९ || 15 Oct 2026, Thursday

खेलकुद

विश्व विजेता फ्रान्सले जर्मनीमाथि महत्वपूर्ण जित

विश्वकपदेखिनै खराब प्रदर्शन गरेको जर्मनी पुन एकपटक स्तब्ध
विश्व विजेता फ्रान्सले जर्मनीमाथि महत्वपूर्ण जित

विश्व विजेता फ्रान्सले जर्मनीमाथि महत्वपूर्ण जित हात पारेको छ। विश्वकपदेखिनै खराब प्रदर्शन गरेको जर्मनी पुन एकपटक स्तब्ध बन्यो। सुरुवाती अग्रता बनाएर पनि खेल जित्न असफल भयो। यो सँगै प्रशिक्षक जोचिम लो को पद धरापमा पुगेको छ। तीन महिनाअघि रुसमा सम्पन्न विश्वकप फुटबलको उपाधि उचालेको फ्रान्सलाई भने एन्टोनी ग्रिजम्यानले उद्धार गरे। युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको नयाँ प्रतिस्पर्धाका रुपमा रहेको नेशन्स लिग अन्तर्गत समूह ए वानमा रहेको फ्रान्सले जर्मनीलाई २–१ ले हराएको हो। घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा १–० ले पछि परेको फ्रान्स दोस्रो हाफमा खेलमा फर्किएको हो। १४ औँ मिनेटमा पाएको पेनाल्टीमा टोनी क्रसले गोल गर्दै जर्मनीलाई पहिलो हाफमा अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा फ्रान्स खेल मा फर्कियो। उसका लागि दुवै गोल एन्टोनी ग्रिजम्यानले गरे। ६२ औँ मिनेटमा ग्रिजम्यानले फ्रान्सका लागि बराबरी गोल फर्काए। ८० औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै ग्रिजम्यानले फ्रान्सलाई २–१ को महत्वपूर्ण जित दिलाएका हुन्। शिर्ष स्थानको बेल्जीयमको बराबरी विश्व बरियतामा फ्रान्ससँगै संयुक्त रुपमा शीर्ष स्थानमा रहेको बेल्जियम मैत्रीपूर्ण खेलमा नेदरल्याण्डससँग बराबरी खेलेको हो। ब्रसेल्समा मंगलबार राति भएको खेलमा बेल्जियम नेदरल्याण्डससँग १–१ को बराबरीमा रोकिएको हो। पाँचौँ मिनेटमा ड्रियस मर्टेन्सको गोलबाट लिएको अग्रता बेल्जियमले जोगाउन सकेन। नेदरल्याण्डसका लागि डान्जुमा ग्रोएनवेल्डले २७ औँ मिनेटमा बराबरी गोल फर्काए। विश्व बरियतामा नेदरल्याण्डस १७ औँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस