२०८३ आश्विन ३० || 16 Oct 2026, Friday

१ सय ५० को  हाराहारीमा ज्यालादारी काम गर्ने मजदुर

क्षेत्रिय कृषि अनुसन्धान केन्द्र खजुराका मजदुरहरु आन्दोलन मा उत्रे

 नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको दैनिक ज्याला ५ सय १७
क्षेत्रिय कृषि अनुसन्धान केन्द्र खजुराका मजदुरहरु आन्दोलन मा उत्रे

नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको ज्याला अझै पनि नपाएको भन्दै क्षेत्रिय कृषि अनुसन्धान केन्द्र खजुराका मजदुरहरु आन्दोलन मा उत्रेका छन । आफुहरुले दैनिक ज्याला गरे  बापत ३ सय ७५ पाउने गरेको मजदुर शन्तोष सुनारले बताए । उनले भने ‘अझै पनि नेपाल  सरकारले तोकेको दैनिक ज्याला नपाएकाले हामीहरु आन्दोलन  उत्रन बाध्य भएका हौं । बिगतमा पनि ज्यालाका बिषयलाई लिएर आन्दोलन गयौ त्यसको अहिलेसम्म सुनुवाई भएको छैन ।’   कृषि अनुसन्धान केन्द्रका डा. दिनेश यादबले भने सरकारले  आफुहरुलाई बजेट पहिलानै  पठाएको र मजदुरहरुको ज्यालाको बिषयमा पछिमात्र क्याबिनेटबाट निर्णय भएको हुँदा बजेटको कमि भएको बताएका छन । यादवले भने ‘यहाँ रहेका मजदुरहरुलाई दैनिक ज्याला दिनका लागी पनि समस्या  रहेको छ ।’  नार्कको केन्द्रिय कार्यालयमा  नै बजेटको अभाब रहेको हुदा यस समस्यालाई तत्काल समाधान गर्न कठिनाइ भएको हुदा यसलाई  बिस्तारै समाधान गर्दै लैजाने र  सबै मजदुरहरुलाई सरकारले तोकेकै ज्याला उपलब्ध गराउन आफुहरुले आन्तरिक रुपमा गृहकार्य गरिरहेको यादवले बताए ।
मजदुरहरुलाई दिने ज्यालको बजेटमा कमि भएसँगै आफुहरुले आन्तरीक रुपामा नै मिलाउदै  आएका छौ उनले भने । अर्का मजदुर भरत नेपालीलेले भने सबै ठाउहरुमा  नेपाल सरकारले तोकेको ज्याला लागु भई सक्दा पनि आफुहरु पुराने ज्यालामा काम गर्न बाध्य भएको गुनासो सुनाए ।  नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको दैनिक ज्याला
५ सय १७ भएता पनि ३ सय  ७५ पाउने गरेको बताए । अहिले कृषि अनुसन्धान केन्द्र खजुरामा  मात्र करिब १ सय ५० को  हाराहारीमा ज्यालादारी काम गर्ने मजदुर रहेका छन भने सिजनलमा भने मजदुरको संख्यामा बृद्धि हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस