बाँकेको बैजनाथ गाउँपालिका स्तरमा स्थानीय अगुवा कार्यकर्ताहरुका जनगुनासो सुन्न तथा सम्बोधन गर्न केन्द्रिय सरकार र प्रदेश सरकार प्रतिनिधिहरु व्यस्त छन् । प्रदेश सरकार तथा केन्द्रिय सरकारका कार्यक्रमबारे जानकारी दिन प्रदेश सांसद आईपी ख्ररेल र प्रतिनिधि सभाका सांसद नन्दलाल रोकायाले स्थानीय स्तरमा गुनासो सम्बोधन गर्न बैजनाथ गाउँपालिकाका विभिन्न वडाहरुमा वडा कमिटिले आयोजना गरेको कार्यक्रमहरुमा व्यस्त छन् । बैजनाथ गाउँपलिका वडा न ६ ले आयोजना गरेको अगुवा कार्यकता भेटघाट कार्यक्रममा कार्यकर्ताहरुले जनताहरु माझ गरेका बाचा पुरा गर्न सांसदहरुलाई अनुरोध गरे । कार्यक्रममा अगुवा कार्यकर्ता नन्द विश्वकर्माले बैजनाथको विकासमा पर्यटन , कृषि, पशुका कार्यक्रममा प्रदेश सरकार र केन्द्रिय सरकारले स्थानीय निकाय सँग समन्वय गरेर बजेट विनियोजन गर्न आग्रह गरे । यसै गरी वडा न ६ का अध्यक्ष भद्र बहादुर बस्नेतले वडामा रहेका आयोजनाहरु बारे जानकारी गराए । बस्नेतले हाल ५ लाख भन्दा माथिका १० वटा आयोजनाहरु रहेको जानकारी गराए । यसै गरी अध्यक्ष बस्नेतले २८ घरमा सिचाईको आवश्यक रहेको जानकारी गराउदैँ उक्त कार्यको लागि डिप बोरिङ्ग आवश्यक रहेको जानकारी गराए । एच गाउँ मा ३ यस ५० घर धुरी लाई खानेपानीको आवश्यक रहेको र यसमा बजेट पार्न अध्यक्ष बस्नेतले आग्रह गरे यसै गरी प्रदेश संघका सांसदहरुलाई विभिन्न माग राखि माग पत्र वडा अध्यक्ष बस्नेतले सयुक्त रुपमा बुझाए । माग पत्रमा खानेपानी, कालो पत्रे , पुल लगाएतका आयोजनाहरु रहेका थिए । यसै गरी बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले जनता आवास कार्यक्रम ल्याउन पहल गर्न आवश्यक रहेको बताइन् ।
कार्यक्रममा विद्युत व्यवस्थापन गर्न कमल थापाले आग्रह गरे भने मन्दिरा रिमालले चुनावका बेला प्रतिबद्धता जनाए अनुसार कुनै पनि कार्य सम्पन नगरेको प्रति दुख व्यक्त गरिन् । रिमालले सुकुमबासी समस्या समाधान गर्न पनि कुनै पहल नगरेको प्रति लक्षित गदै मालपोत कार्यालयले रकम बुझाउने लाई लालपुर्जा वितरण गरेको बताउदै गरिबलाई हाल सम्म पनि कुनै पहल नभएको बताइन् । भ्रष्टचार भईरहेको बताईन् । यसै गरी मल वितरणमा कालो बजारी भईरहेको बताउदै अगुवा कार्यकता नैना रोकायाले यसको विकल्पमा अर्गानिक मल उत्पादन उद्योग स्थापना गर्नु पर्ने धारणा राखे । कार्यक्रममा अगुवा कार्यकर्ता लाई सम्बोधन गदै प्रदेश सासंद आइपी ख्ररेलले जनताको मागका लागि प्रदेश सरकार सँग निरन्तर पहल गरिरहेको बताए । उनले राज्यले मौलिक विधेयक निमार्ण गरेको बताउदै राज्यमा रहेका सबै नागरिकलाई अब गाँस, बाँस, कपासका सम्बन्धमा सम्बोधन गरिने जानकारी गराए ।
चुनावमा गरिएका बाचाहरु आफ्नो कार्यकालमा पुरा गर्ने बताए । उनले प्रतिक्रियाबादी शक्तिहरुले सरकारलाई असफल बनाउन लागेको बताउदै यस्मा सबै अगुवा कार्यकताहरुको साथ आवश्यक रहेको बताए । यसै गरी संघका सांसद नन्दलाल रोकायाले मुलुकमा विकास केवल कम्युनिष्ट सरकारले मात्र गर्न सक्ने बताउदै नेपाली काग्रेसले पनि लोकतन्त्रको रक्षा गर्न नसक्ने बताए । सबै पुजीवादी शक्तिहरु मिलेर नेपालमा बनेको कम्युनिष्ट सरकारलाई असफल बनाउन लागेको बताउदै सबलेै यस्को विरोध गर्न अगुवा कार्यकर्ताहरुलाइ आग्रह गरे । रोकायाले नेपालमा कम्युनिष्ट सरकार बन्नु नै विकास हुनु हो । केही समय लाग्छ तर हामी जनताहरुलाई दिएका बाचा पुरा गर्न केन्द्रित छौ विश्वास गर्नुहोस् रोकायले भने । यसै गरी बैजनाथ गाउँपालिका वडा ५ मा अगुवा कार्यकता सँग पनि भेटघाट गरिएको नेकपा नेता घननाथ खनालले जानकारी गराए । खनालले पूर्व सिचाई राज्य मन्त्रि दल बहादुर सुनार लगाएत का नेताहरुले शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक ऐन बनाउनु पर्ने धारणा राखेको जानकारी गराए ।
यसै गरी दशै तिहार तथा छठ पर्वको अवसर पारी बैजनाथ गाउँपालिका वडा न २ ले आयोजना गरृेको अगुवा कार्यकता भेटघाट मा बैजनाथ गाउँपािलका अध्यक्ष मान बहादुर रुचालले निर्वाचनमा गरिएका बाचाहरु निति तथा कार्यक्रम मार्फत प्रतिपक्षलाई जवाफ दिएको बताए । उनले जनता बाट उठेको रकम बाट आफुहरुले कुनै फजुल खर्च नगरेको बताउदै आफुले समेत कुनै यातायातका साधन नकिनेको बताए । अध्यक्ष रुचालले पार्टीको निर्देशन भए कार्यपालिका बाट जस्ताको तस्तै योजना ल्याउन हामी प्रतिबद्ध छौ तर सहभागिता सबैको आवश्यक छ रहन्छ पनि अब पार्टीका कार्यकताहरुले वडा कार्यलयमा आएको रकमको सही तवरबाट खर्च गर्नु पर्ने र सबैको सहभागिता हुन पर्ने धारणा राखे ।
